सदरलाइनडटकम
७ पुस, नेपालगन्ज : चर्चित नायिका रेखा थापाले सानो उमेरमा विवाह गर्दा को बारेमा आफुले भोगेका भोगाईबाट पाठ सिकेर बाल विवाह बिरुद्धको अभियानमा जोडिएको बताएकी छन् ।
छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान अन्तर्गत बालबिवाह अन्त्य र साझा संकल्पका अभियन्ता समेत रहेकी नायिका थापाले बालविबाह सम्मृद्धिको बाधक भएको बताईन ।
नायिका थापाले चलचित्रमा अभिनय गरेर टप हिरोईन हुनु भन्दा पनि अभियानमा जोडिन पाएकोमा बढि खुशी लागेको बताउदै उनले भनिन्– फिल्ममा हुँदा प्रमुख उद्धेश्य टप हिरोइन बन्छु भन्ने हुन्छ, अब यो अभियानमा जोडिएपछि बालबविाह रहित नेपाल बनाउने प्रमुख उद्देश्य भएको छ ।
उनले सानो उमेरमा विवाह गर्दा विभिन्न किसिमका कठिनाईहरु आई पर्ने र त्यति बेला आईपर्ने समस्याको समाधान गर्न सार्मथ्य हुन नसक्दा अनेक दुख कष्ठ सहनु पर्ने बताईन ।

