बाम गठबन्धनले जितेमात्र उद्योग व्यावसायको विकास हुने भन्दै स्वयम व्यावसायी नै प्रचारसामाग्री बोकेर हिडेपछि…

१४ मंसिर २०७४, बिहीबार १९:२८
 

सदरलाइनडटकम
१४ मंसिर, नेपालगन्ज : नेपालगन्जमा उद्योग व्यावसायको विकास र संरक्षणको लागि वामगठबन्धनका उम्मेद्वारहरुलाई जिताउनै पर्ने अभियानका साथ नेपालगन्जका उद्योगी व्यवसायीहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
वामगठबन्धनका उम्मेदवारको प्रचारसामाग्री लिएर स्वयम उद्योगी व्यवसायी परिचालन भएको बामगठबन्धन जिताउ अभियान अन्तरगत उद्योगी व्यावसायीद्वारा गठित निर्वाचन परिचालन कमिटीका संयोजक भाष्कर काफ्लेले जानकारी दिए ।
उद्योगी व्यापारीहरुको प्रतिनिधित्व गर्दै बामगठबन्धनबाट यसपटक बाँकेबाट बाँके क्षेत्र नं. २ प्रतिनिधि सभाबाट पशिुपतिदयाल मिश्र र बाँके क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ बाट विजयकुमार गुप्ता उम्मेद्वार बनेपछि दुवै उम्मेद्वारलाई जिताउन अभियान चलाएका हुन् ।
वामगठबन्धन उद्योग व्यवसायी संगठन निर्वाचन परिचालन कमिटीका संयोजक काफ्लेले भने, ‘उद्योगी व्यवसायीहरुको निम्ति यो अवसर र चुनौती दुवै हो । यसकारण पनि वाम गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनका लागि हामीले घरदैलो अभियान चलाएका हौँ ।’
अध्यक्ष काफ्लेका अनुसार करदाताको सम्मान र व्यवसायिक प्रतिष्ठा स्थापित गर्न मात्र नभई नेपालगन्जलाई आर्थिक केन्द्र तथा महानगरको रुपमा विकास गर्नका लागि उम्मेद्वारद्वय मिश्र र गुप्ताको जित सम्भव बनाउन उद्योगी व्यवसायीहरु लागेका हुन् । ‘ जडिबुटी, पर्यटन, कृषि लगायत उद्योग व्यापारको प्रवद्र्धनमा टेवा पु¥याउन वाम उम्मेद्वारले जित्नैपर्नेछ,’ संयोजक काफ्लेले भने, ‘नेपालगन्ज शहर भारतीय सीमासँग जोडिएका कारण यहाँ थुप्रै व्यापारीक समस्याहरु छन्, ती समस्याहरुको समाधानका लागि वाम गठबन्धनको विकल्प नभएको हामीले देख्यौँ । यसका लागि उहाँहरुले जित्नैपर्छ ।’
उद्योगी, व्यवसायी मैत्री ऐन, कानून एवं नीति नियम बनाउनका निम्ति पनि मिश्र र गुप्ताको उम्मेद्वारी भएकाले जिताउनै पर्ने दवाव रहेका बताउँदै वाम गठबन्धन उद्योग व्यवसायी संगठन निर्वाचन परिचालन कमिटीका सहसंयोजक विष्णु खनालले भने, ‘राजनीतिक स्थायित्व, शान्ति, स्थायी सरकार र सुशासन कायम गरी उद्योग व्यवसायको विकासका लागि वाम उम्मेद्वार जित्नुको विकल्प छैन ।’ घरदैलोमा भीम सुवेदी, रंगबहादुर खड्का, भीम रानाभाट, खलिल अलि, राजकुमार गिरी लगायत साना तथा ठूला व्यापारीहरुले साथ दिइरहेका छन् ।


  

Next Post

द्वन्द्वप्रभावित महिलाहरुविच सहभोजले आत्मियता कायम गरेको दावी

१४ मंसिर २०७४, बिहीबार १९:२८
सदरलाइनडटकम १५ मंसिर, नेपालगन्ज : द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेको आयोजनामा द्वन्द्वप्रभावित महिलाहरु बिच आपसी मेलमिलाप र सहअस्तित्वको भावना विकास गर्नका लागि सहभोजको आयोजना गरिएको छ । सञ्जालले ‘टिआरसी प्रक्रियामा द्वन्द्व प्रभावित महिलाहरुको न्यायमा पहुँच’ परियोजना अन्र्तगत गठन गरिएका महिला शान्ति कक्षका सदस्यहरु विच सहभोज कार्यक्रम गरिएको जनाएको छ […]