शिक्षकका लागि क्षमता विकाश तालिम

सदरलाइन संवाददाता १० बैशाख २०७८, शुक्रबार २०:१७
 


बर्दिया : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित सिकाइ परियोजना अन्तरगत बर्दियाको बारबर्दिया नगरपालिका ठाकुरबाबा नगरपालिका ,राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका परियोजना बिद्यालयका शिक्षकहरुका लागि ३ दिने स्टीम एजुकेशनका बारेका क्षमता विकाश तालिम ठाकुरद्धारा बर्दियामा सुरु भएको छ ।

शुक्रवारबाट सुरु भएको तालिम बैशाख १२ गतेसम्म संचालन हुने जनाइएको छ । तालिम बारबर्दिया नगरपालिका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाइले सहजिकरण गर्ने छन् । तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषय वस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने समेत जनाइएको छ ।


तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गदै तालिमले परियोजना बिद्यालयमा स्टिम अनुसार कक्षा शिक्षण गर्न र शिक्षण गतिबिधी संचालन गर्नका लागि यसको महत्वपुर्ण भुमिकाको रुपमा रहने र पुर्व प्राथामिक तहमा यसको कार्यान्वयनका लागि यस तालिमको आयोजना गरिएको स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले बताए ।
सहभागीहरुलाई प्लान इन्टरनेशनल नेपाल केन्द्रीय कार्यालयको कम्युनिकेशन शाखाका अनिल वोगटीले प्लान इन्टरनेशनल नेपालले बालबालिकाको सवालमा काम गरिरहेको र बिभिनन्न पक्षहरुमा कामा गरि बिभिन्न गैसससंग मिलेर काम गरेको बताए । उनले तालिममा सिकाकेका बिषयबस्तुहरु बिद्यालय तहमा कार्यान्वयन गर्न आग्रह गरे ।

तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुनेछ । सो तालिममा बर्दिया जिल्लमा परियोजना संचालन भएका बिद्यालयका १७ जना शिक्षकाको सहभागीता रहेको छ । भने तालिमा कोरोना संक्रमण नफैलिनका लागि सामाजिक दुरी कायम गर्ने माक्स तथा सेनिटाइनरको प्रयोग गर्ने तथा पटक–पटक साबुन पानीले हाथ हुने ब्यबस्था मिलाएको कार्यक्रम अधिकृत शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद राईले कोभिड उपचारको लागि ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउदै

१० बैशाख २०७८, शुक्रबार २०:१७
नेपालगञ्ज : बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व मन्त्री मो ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् । उनले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन । […]