लैंगिक संवेदनशिल शिक्षण सिकाईका लागि बाँकेबर्दियाका शिक्षकलाई क्षमता विकास तालिम

सदरलाइन संवाददाता १३ श्रावण २०७८, बुधबार १२:१४
 


बर्दिया : विद्यालयमा लैंगिक समानता प्रवर्दन गरी लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बाँके र बर्दियाका शिक्षक÷शिक्षिकालाई क्षमता विकास तालिम सञ्चालन गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, ठाकुरवावा नगरपालिका र खजुरा गाउँपालिकाको समन्वयमा लन परियोजना संचालन भएको विद्यालयका कक्षा शिक्षकहरुको सो तालिममा सहभागिता रहेको छ ।

बाँके र बर्दियाको छुट्टाछुट्टै स्थानमा सञ्चालन भएको तालिममा बर्दियाको बारबर्दिया नगरपालिकाको ५ विद्यालय, ठाकुरवावा नगरपालिकाको ३, गुलरिया नगरपालिकाको २ वटा विद्यालयका शिक्षकहरुका लागि ठाकुरद्वारामा र खजुरा गाउपालिकाको ४ विद्यालयका कक्षा शिक्षकहरुका लागि खजुरामा तालिम शुरु गरिएको छ ।


तालिममा सहभागि शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धती र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजिकरण गर्न र शिक्षण सिकाइमा मद्घतपुग्ने अपेक्षा गरिएको छ । तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषय वस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने बताईएको छ ।

ठाकुरद्वारामा संचालन भएको तालिमममा स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गदै यस तालिमले परियोजना कर्मचारीहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने बताए । तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुने अपेक्षा गरिएको छ ।

सो तालिमममा बर्दिया जिल्लाका ठाकुरबाबा नगरपालीका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिकाका १८ र खजुरा गाउपालिकामा १५ जनाको सहभागीता रहेको र ठाकुरद्वारामा संचालन भएको तालिममा बारबर्दिया नगरपालिकाका टिकानाथ गोसाई र खजुरामा राधा मल्लले सहजिकरण गरिरहेको तालिममा कोरोना संक्रमण नफैलिनका लागि सामाजिक दुरी कायम गर्ने माक्स तथा सेनिटाइनरको प्रयोग गर्ने तथा पटक–पटक साबुन पानीले हाथ हुने ब्यबस्था मिलाएको तालिममा सस्थाका अध्यक्ष शिवलाल पाण्डे खजुरा गाउपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लको समेत सहभागिता रहेको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुल्मीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ७ घाइते

१३ श्रावण २०७८, बुधबार १२:१४
गुल्मी : मुसिकोट नगरपालिकामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु र सातजना घाइते भएका छन् । चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका–४ को दोभानमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। मृतकको सनाखत […]