लागुऔषधसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता २५ मंसिर २०७९, आईतवार १४:५६
 

नेपालगञ्ज : खैरो हिरोइनसहित नेपालगञ्जबाट एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१७ नदैगाउँका २५ वर्षीय पप्पु रैदासलाई १० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


भारतबाट नेपाल आउँदै गरेका रैदासको शंकास्पद गतिविधि देखिएपछि जमुनाह प्रहरीले जाँच गरेको थियो । त्यसक्रममा ट्राउजरको बायाँ खल्तीमा कालो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ । रैदासमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ आन्दोलित

२५ मंसिर २०७९, आईतवार १४:५६
नेपालगञ्ज : नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ आन्दोलनमा उत्रिएको छ । औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुले चर्चेको जग्गाको अस्वाभाविक एवम् एकतर्फीरुपमा गरिएको भाडावृद्धिको बिरोधमा संघ आन्दोलनमा उत्रिएको छ । संघले अस्वाभाविक एवम् एकतर्फीरुपमा गरिएको भाडावृद्धिको बिरोधमा नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ । संघका अध्यक्ष किरण कुमार कार्कीले […]