पाँचसय बढी नेपाली जमुनाह नाकामा अलपत्र

१० चैत्र २०७६, सोमबार १२:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वव्यापी फैलिएको नोवेल कोरोनाको संक्रमणको कारण नेपाल–भारत सीमा शिल हुँदा सयौको संख्यामा नेपालीहरु दशगजामा अलपत्र परेका छन् ।

भारतमा अध्ययन गर्ने विद्यार्थी तथा ज्याला मजदुरी गर्नेहरु कोरोनाको त्रासका कारण नेपाल फर्कदै गरेका पाँचसय बढी नेपाली नागरिक नेपाल–भारत सिमाको जमुनाह नाकामा सोमबार बिहानदेखि अलपत्र परेका हुन ।

५ नम्बर प्रदेशका विभिन्न जिल्लाका उनीहरु मध्ये करिव डेढसय दशगजा क्षेत्रमा र करिब साढे ३ सय भारती चौकी अगाडि नेपाल आउनको लागि स्वीकृती कुरेर बसिरहेका छन ।


भारतको विभिन्न क्षेत्रमा काम गरेर फर्किएको उनिहरुले बताए । ‘हामीहरुलाई नाका बन्दबारे केही थाहा थिएन, हामीहरु अस्ति हिडेका हौं, हिजो भारतमा जनता कर्फ्यु भएपनि ठाउँ–ठाउँबाट भारतीय पुलिसहरुले आफै गाडीको व्यवस्था गरेर हामीलाई यता पठाइदिए, कहि रोकेनन एकैपटक सीमा क्षेत्रमा ल्याएर ओराले’–उनीहरुले भने–‘ राती २ बजे यहाँ पुगेको भन्दै छिटो भन्दा छिटो व्यवस्थापन गर्नु परो ।’

ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रहरी नायव निरिक्षक माधव रिजालले पाँचसय बढी नेपाली राती २ बजे नाकामा पुगेको जानकारी दिए । ‘उनीहरुका बारेमा मैले सिडिओ साप र एसपी सापलाई जानकारी गराएको छु, के गर्ने भन्ने बारेमा पहल भइ रहेको छ’ प्रहरी नायव निरिक्षक रिजालले भने ।

बहराइच जिल्ला र बाँके जिल्लाका सुरक्षा अधिकारीहरुको हिजो बिहान गरेको सहमति अनुसार हिजो बिहान साढे दस बजेदेखि यो नाका बन्द गरिएको थियो ।

Next Post

नाका क्षेत्रमा अलपत्र परेकालाई चाउचाउ र पानी बिरतरण

१० चैत्र २०७६, सोमबार १२:४१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई विभिन्न मनकारी मनले अलपत्र परेकै ठाँउमा पुगेर पानी तथा चाउचाउ जस्ता ड्राईफुड बितरण गरेका छन । लायन्स क्लव अफ ईनटरनशनल डिस्टिक ३२५ बि–२ का तर्फबाट फूर्व डिस्टिक गभर्नर सेम शाक्य तथा मधुसुदन शर्माको नेतृत्वमा सीमा क्षेत्रमा चाउचाउ, चिउरा तथा […]

सम्बन्धित