लोकतान्त्रिक गठबन्धन घरदैलोमा व्यस्त

७ मंसिर २०७४, बिहीबार २१:२८
 

सदरलाइनडटकम
७ मंसिर, नेपालगन्ज : बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले विहीबार पनि चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्मा केही दिनदेखि नरैनापुर गाउँपालिकामा घरदैलो कार्यक्रममा व्यस्त छन् ।
उनले गंगापुरमा घरदैलो गरिएको प्रचारप्रसार सचिवालय सदस्य लुटबहादुर खत्रीले जानकारी दिए । प्रदेश सभा १ क का उम्मेदवार नारायण गौडेलले पनि कोहलपुरको वडा नम्बर ५ मा घरदैलो गरेको सचिवालय संयोजक भूम भण्डारीले बताए ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजादले विहान प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्र हमालसंग बेलासपुरमा घरदैलो भ्याएर प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिसंगै पुरैनी, बेतहनी, हिरमिनियामा घरदैलो गरेका छन् । पुरैनीमा सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको राप्रपाका नेता ऋषि देवकोटाले जानकारी दिए ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले परस्पुर र थुकैला गाउँमा घरदैलो गर्नुभएको प्रचार प्रसार सचिवालय संयोजक रमेश सिंजालीले जानकारी दिए । सो टोली दिउँसो ‘ए’ गाउँमा कोणसभा पनि गरिएको छ । प्रदेश सभा ३ क का उम्मेदवार चन्तुराम थारु पनि मतदाता भेटघाटमा व्यस्त रहेको प्रकाश शाहीले बताए । फोटो : प्रचार सचिवालय   


 

Next Post

आगामी १० मंसिरमा चुनावी सभाको तयारीमा विवेकशील साझा पार्टी

७ मंसिर २०७४, बिहीबार २१:२८
सदरलाइनडटकम ७ मंसिर, नेपालगन्ज : विवेकशील साझा पार्टी बाँकेले पार्टीको उम्मेदवारको लागि मत माग्दै घरदैलोको साथै आगामी १० गते नेपालगन्जमा हुने चुनावी आमसभाको तयारीमा जुटेको जनाएको छ । नेपालगन्जको नर्सिङ्गहोम पछाडी आयोजना गरीने चुनावी आम सभालाई सम्बोधन गर्न केन्द्रीय संयोजक रविन्द्र मिश्र लगाएत केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको बाँके जिल्ला […]

ताजा अपडेट