पश्चिम नेपालमा पाहुनाको रोजाईको गन्तब्य बन्दै नेपालगञ्जको होटल सिटी प्यालेस

सदरलाइन संवाददाता ३ फाल्गुन २०८१, शनिबार १०:३१
 

नेपालगञ्ज :  पश्चिम नेपालको होटल व्यवसायमा आफ्नो शसक्त पहिचान बनाउदै पाहुनाको रोजाईको गन्तब्य बन्न सफल नेपालगञ्जको होटल सिटी प्यालेसले आफ्नो स्तर उन्नती सहित सेवा सुबिधामा बिस्तार गरेको छ ।

विसं २०७२ साल असारदेखि नेपालगञ्जको धम्बोझीमा स्थापान भएर सेवा प्रवाह गर्दै आएको होटल सिटी प्यालेसले स्तरउन्नती सहित आफ्नो सेवा र सुविधालाई बिस्तार गरेको हो ।

स्तर उन्नतीको जानकारी दिने उद्देश्यले होटल ब्यवस्थापनले पत्रकार सम्मेलन गर्दै होटल सिटी प्यालेसले विभिन्न स्वाद पारखीका लागि मध्य नजर गरी थकाली भन्सा, रुफटप, बार सहितको रेस्टुरेन्ट र क्याफेमार्फत सेवा थप गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै होटलका महाप्रबन्धक पदम सुवेदीले आतिथ्यताका लागि होटलले ९५ वटा कोठा सञ्चालन गर्दै आएको र ती मध्ये ८ वटा स्वीट रुम, २८ सुपर डिलक्स रुम , ३९ डिलक्स रुम र २० स्ट्यान्डर्ड रुमबाट सेवा प्रवाह गर्दै आएको बताए ।


उनका अनुसार होटलमा जिम, स्वीमिङ्ग पुल, स्टीम, साउना, स्पा, सेभिनर सप, क्यासिनो (नेपाली बाहेकका पाहुनाका लागि), ओपेन स्पेस गार्डेन र अण्डरग्राउण्ड पार्किङ्गको सेवा दिदै आएको छ । नेपालगञ्जमा पार्किङ्कको समस्या रहदै आएको कुरालाई मध्यनजर गरी अन्डरग्राउण्ड पार्किङ्कको व्यवस्था गरेको हो ।

होटलमा रहेका ४ वटा सभा हलबाट विवाह , व्रतबन्ध , जन्मदिन मनाउन तथा विभिन्न गोष्ठी, सेमिनारको आयोजना गर्न सकिने गरी ६ सय बढी क्षमताको १ वटा सभाहल, २ सय बढी क्षमताको १ वटा सभाहल, १ सय बढी क्षमताको सभाहल १ र ५० बढी क्षमताको सभा हल १ गरी ४ वटा हल उपलब्ध छन् ।

करिव १ अर्वको लगानी रहेको होटलले हाल १ सय २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको होटलका संचालक लोकेन्द्र अर्यालले बताए । उनका अनुसार होटलले सञ्चालनदेखि आजका दिनसम्म ५ लाख भन्दा बढी पाहुनालाई सेवा दिई सकेको र त्यस मध्य २ लाख बढी सार्क मुलुकका रहेका छन् ।

कैलाश मानसरोबर, मुक्तिनाथ र लुम्बिनीलाई लक्षित गर्दै नेपालगञ्जमा खुलेका होटल ब्यवसायको राम्रो संभावना रहेको सञ्चालक अर्यालले बताए । हाल ४ तारे स्तरमा संचालनमा रहेको होटल सिटी प्यालेसलाई छिट्टै पाँच तारेमा स्तर उन्नती गर्ने गरि तयारी गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित

३ फाल्गुन २०८१, शनिबार १०:३१
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो आवधिक योजना पारित गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लिराज अर्यालले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठक मार्फत दोस्रो आवधिक योजना पारित गरेको हो । प्रदेश विकास परिषद बैठकमा […]

सम्बन्धित