आगामी १० मंसिरमा चुनावी सभाको तयारीमा विवेकशील साझा पार्टी

७ मंसिर २०७४, बिहीबार २१:४५
 

सदरलाइनडटकम
७ मंसिर, नेपालगन्ज : विवेकशील साझा पार्टी बाँकेले पार्टीको उम्मेदवारको लागि मत माग्दै घरदैलोको साथै आगामी १० गते नेपालगन्जमा हुने चुनावी आमसभाको तयारीमा जुटेको जनाएको छ ।
नेपालगन्जको नर्सिङ्गहोम पछाडी आयोजना गरीने चुनावी आम सभालाई सम्बोधन गर्न केन्द्रीय संयोजक रविन्द्र मिश्र लगाएत केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको बाँके जिल्ला सम्योजक चिरिन्जीवी शर्माले जानकारी दिए ।
यो पटक राष्ट्रिय पार्टी अर्को पटक देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीले देशैभरी आफ्नो सकारात्मक प्रभाव पारीरहेको शर्माले बताए । बाँकेमा विवेकशिल साझाका पक्षमा माहौल बनाउन संयोजक रविन्द्र मिश्रले दश गतेको सभालाई सम्बोधन गर्ने पार्टिले जनाएको छ ।
बाँकेमा विवेकशील साझा पार्टीबाट क्षेत्र नम्वर १ को प्रतिनिधिसभाका लागि कुशल अधिकारी, प्रदेशसभा १ क बाट दया थारु र १ ख बाट ज्योति परियारको मैदानमा छन् । त्यस्तै क्षेत्र नम्वर २ को प्रतिनिधिसभाका लागि नगेन्द्र कुवँर, प्रदेश सभा ख मा डाक्टर विनोद कर्ण, क्षेत्र नम्वर तीनको प्रदेश सभाको लागि अमित लामा मैदानमा छन ।
बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर बिनोद कर्ण नेतृत्वको टोलीले चुनावी आम सभाको तयारी सगै घरदैलो अभियानलाई समेत निरन्तरता दिएका छन । विहिवार नेपालगन्ज उपमहानगरपालिका १३ भृकृटीनगरमा चुनावी घरदैलो गरेको छ ।


 

Next Post

नगरकार्यपालिका सदस्यले सूचना नपाएको भन्दै आक्रोश पोखेपछि भिडियोसहित

७ मंसिर २०७४, बिहीबार २१:४५
सदरलाइनडटकम   ८ मंसिर, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिकाको प्रथम नगरसभामा नगरकार्यपालिका सदस्यहरुले आफुहरुलाई खवर नभएको भन्दै नगरसभाहलमा प्रवेश गर्न नमानेपछि नेपालगन्ज उप–महानगरपालिकाको प्रथम नगरसभाको उद्दघाटन केही समय प्रभावित भएको छ । विभिन्न वडा सदस्य तथा अध्यक्षहरुले आफुहरुलाई प्रथम नगर सभाको कार्यक्रमको सूचना नभएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए । वडा सदस्यहरुले […]