बाँके प्रहरीद्वारा १ लाख भन्दा बढीको अवैध सामान बरामद

सदरलाइन संवाददाता ३१ भाद्र २०७८, बिहीबार १६:४९
 

नेपालगन्ज : बाँके प्रहरीले १ लाख ४ हजार ८ सय रुपैया बराबरको अबैध भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार नेपालगन्ज उप–महानगरपालिका–१० बाट सो सामाग्रीहरु बरामद गरेको हो ।


बरामद गरिएका सामानहरुमा लत्ता कपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोहरा लगायतका विभिन्न सामानहरु रहेको बाँके प्रहरीले जनाएको छ । बरामद गरीएको सो सामानहरु आवश्यक प्रक्रिया पुरा गरि थप कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झाडी सफा गरेपछि रंगशाला फुटबल खेल्न लायक

३१ भाद्र २०७८, बिहीबार १६:४९
नेपालगञ्ज : नेपालगञ्ज रंगशाला फुटबल खेल्न लायक भएको छ । दुई वर्षदेखि पलाएको घाँसलाई काटेर सफा गरिएपछि फुटबल मैदान खेल्न लायक भएको हो । रंगशालामा ३६ लाख बढीको बर्मुडा दुबो रोपेर अन्तर्राष्ट्रियस्तरको बनाएपनि पछिल्लो दुई वर्ष खेल गतिविधि ठप्प हुँदा मैदान झाडीमा परिणत भएको थियो । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको […]