नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय, बाँकेले चालु आर्थिक वर्षको माघ महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण सार्वजनिक गरेको छ । कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीको उपस्थितिमा सो विवरण सार्वजनिक गरिएको हो ।
बाँके प्रहरीले माघ महिनामा सम्पादित कार्य अन्तरगत सार्वजनिक गरेको अपराध नियन्त्रण तथा कारवाहीबाट .१४ लाख ४३ हजार १ सय ९६ बराबरको अबैध भन्सार छलिको सामान पक्राउ गरी सम्बन्धित निकाय पठाएको छ ।
मघ महिना मै ट्राफिक कारवाही तर्फ ३ हजार २ सय ९७ वटा सावरी साधनलाई कारवाही गरी .२५ लाख ४५ हजार राजस्व संकलन भएको जनाएको छ ।
यसैगरी अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १ ट्याक्टर नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाई .५ हजार जरिवाना लिएको छ । ट्राफिक सचेतना तर्फ २ सय २० वटा सचेतनामुलक कार्यक्रम लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईटका बारेमा संचालन गरीएको छ ।
अपराध अनुसन्धान /कारवाही
जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ महिनामा जम्मा १ सय ४६ वटा मुद्दा दर्ता भएकोमा १ सय ३५ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको प्रहरी उपरिक्षक कार्कीले जानकारी दिए ।
उनले माघ महिनामै कार्यालयले ५८ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको, ६१जना फरार अपराधी पक्राउ गरीएको, जसबाट २५ बर्ष ९ महिना २१ दिन कैद २० लाख ६ हजार ७ सय २७ जरिवाना असूल उपर गरिएको बताए ।
यसैगरी कार्यालयमा ठाडो उजुरी ३ सय ९४वटा प्राप्त भएको ३ सय ८७ फछ्र्यौट भएको र ७वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेका छन् ।
लागू औषधतर्फ
जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ५४ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १ सय ९० ट्याब्लेट लागू औषध सहित ३४ जना ओसार पसारकर्ताहरुलाई कानूनी दायरामा ल्याईउन सफल भएको छ ।
खाुला सिमा क्षेत्रका कारण लागू औषध ओसारपसार प्रहरीका लागि चुनौर्ती पूर्ण बन्दै गएको अवस्थामा लागू औषधको मुद्दामा सबैभन्दा बढी मुद्दा भएको पाईएको छ ।
प्रहरीले माघ महिनामा हराएका ६ वटा मोटरसाईकल फेला पारि सम्बन्धित धनिलाई बुझाएको, हराएका ९ थान आईफोन, एन्ड्रईड मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाएको, नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जना पक्राउ गर्न सफल भएको जनाएको छ ।
यसैगरी बिवाहमा युवकलाई कर्तब्य गरि मार्ने ६ जना पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाएको, नेपालगञ्जको टाँगास्टेशनमा ईरसाद कवडियालाई खुकुरी प्रहार गरि कर्तब्य गर्ने २ जना मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाउन सफल भएको छ ।


बाँके प्रहरीले बैदेशिक रोजगारमा जापान पठाई दिन्छु भनी १ करोड २३ लाख रकम ठगी गर्ने ब्यक्ति पक्राउ गर्न सफल भएको, सवारी दुर्घटना गरि फरार भएका मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाउन सफल भएको छ ।
महिला बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धान/कारवाही
बाँके प्रहरीले महिला बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धान÷कारवाही अन्तरगत १० वटा मुद्दा दर्ता भएकोमा ९ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको, घरेलु हिंसा सम्बन्धी ४० वटा उजुरी प्राप्त भएकोमा ३३ वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, सामाजिक हिंसा सम्बन्धी २२ वटा उजुरी प्राप्त भएकोमा २१ वटा मिलापत्र गरिएको बाँकी प्रक्रियामा रहेको जनाएको छ ।
यसैगरी हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा ५५ वटा निबेदन प्राप्त भएकोमा २६ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेका, सिमानाकाबाट १ सय १६ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई उद्धार गरिएको, अलपत्र अवस्थामा ५६ जनालाई फेला पारी ५१ जनालाई संरक्षणको लागि संस्थामा पठाईएको ।
समुदाय प्रहरी सहकार्य / गतिविधी
समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी १ सय ४४ वटा सचेतनामुलक कार्यक्रम जसमध्ये लैङ्गिक हिंसा, लागू औषध सम्बन्धी सचेतना, आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतना ,अल्पसंंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, शितलहर सचेतना, समुदाय प्रहरी साझेदारी, महोत्सवमा पिएसए भिडियो प्रदर्शन, साईबर अपराध र चोरी सम्बन्धी सचेतना लगायतका कार्यक्रम संचालन गरिएको जनाएको छ ।
आन्तरिक सुदृढीकरण प्रयास
जिल्ला प्रहरी कार्यालय बाँकेले मातहतका कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन गरी पुरस्कृत र डण्डित गर्ने गरेको छ । मघ महिनामा उत्कृष्ट कार्य गर्ने ४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र आचरण बिपरित कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई कारवाही गरेको छ ।
बाँकेको खजुरामा आयोजित फुटबल प्रतियोगितामा यस कार्यालयको फुटबबल टिमले प्रथम स्थान हाँसिल गरेको, यस कार्यालय तथा मातहत इप्रका तथा वप्रकाहरुमा ईलेक्ट्रिक हाजिर सिस्टम जडान गरी दैनिक हाजिर गर्ने गरिएको, आपतकालिन कार्यालय सुरक्षा (स्ट्याण्ड टु) तथा भिड नियन्त्रणको अभ्यास गराईएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक कार्कीले प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, सेवाग्राहीसंग ब्यवहार, सामाजिक संजालको प्रयोग लगायतका बिषयमा प्रशिक्षण दिएको, पुर्व प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन तथा छलफल कार्यक्रम समम्पन्न भएको ।
प्रहरी कर्मचारीहरुलाई ट्राफिक ब्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको, जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन, कार्यालय परिसर मर्मत तथा स्ट्रीपलाईट जडान गरी सौन्दर्यकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको छ ।
सो कार्यक्रममा कार्यालयका तर्फबाट माघ महिनाको प्रगति तथा सम्पादन भएका कार्य विबरण प्रहरी निरिक्षक हिमबहादुर बिकले पढेर सार्वजनिक गरेका थिए । सो अवसरका नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, सल्लाकार रुद्र सुवेदी, बाँके अध्यक्ष नबिन गिरी, प्रहरी निरिक्षकद्वय यामबहादुर मल्ल शिवा थापालगायतको उपस्थिति रहेको थियो ।