नेपाली काँग्रेस बाँकेको निर्वाचन कार्यालयमा तालाबन्दी, फर्जी सदस्यता खारेज नभएसम्म निर्वाचन प्रकृया अघि बढ्न नदिने घोषणा

सदरलाइन संवाददाता २४ कार्तिक २०७८, बुधबार १९:४३
 

नेपालगञ्ज : फर्जी सदस्य थप्ने षडयन्त्र गरेको भन्दै नेपाली काँग्रेस बाँकेका असन्तुष्ट पक्षहरुले १४औ महाधिवेशनलाई प्रभावित पार्ने गरी पार्टीको निर्वाचन कार्यालयमा बुधबार साँझ तालबन्दी गरेका छन् ।

पार्टी संस्थापन पक्षले एकलौटी तरिकाले निर्बाचन परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यले निर्वाचनका सबै प्रकृया अघि बढेको अवस्थामा फर्जी सदस्य थप गर्नको लागि पहल गरेको जानकारी पाएपछि निर्वाचन कार्यालयमा तालबन्दी गरिएको युवा नेता पोषण केसीले जानकारी दिए ।

केन्द्रीय निर्वाचन कार्यालय सानेपामा बाँके निर्वाचन क्षेत्रनं. १, बैजनाथ गाउपालिकाको ८ न. वडा र खजुरा गाउपालिकाको ३ नं. वडा गरी २ सय ३९ जनाको नाम छुट भएको भन्दै थप्नको लागि पठाईएको जानकारी आफुहरुले पाएपछि तालाबन्दी गर्नु परेको बाँके निर्वाचनका प्रत्यासी बन्ने तयारीमा रहेका पत्रकार महासंघका पूर्व महासचिव केसीले बताए दिए ।

बाँके निर्वाचन क्षेत्र नं १ को क्रियाशिल सदस्यता विबादका कारण तोकिएको मितिमा हुन नसकेको वडा अधिवेशन विवाद समितिले सुल्झाएर कात्तिक २७ गते सम्पन्न गर्नेगरी तयारी गरिरहेको बेलामा एक्कासी क्षेत्रनं. १ का सभापति माधवराम खत्रीलगायतको टोलीले २ सय ३९ जनाको नाम छुटेको भन्दै केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाएपछि विबाद चुलिदै गएर निर्वाचन कार्यालय मै तालाबन्दी गर्नु परेको नेबिसंघ बाँकेका अध्यक्ष पुर्ण शर्माले जानकारी दिए ।


तालाबन्दी गर्दा पार्टी सभापति किरण कोईराला लगायतका जिल्लाका पार्टी पदाधिकारीसमेतको सहभागितामा भएको शर्माले जानकारी दिदै छुटेको भनेर थप्नका लागि पठाईएका नामावली सबै झुठा र फर्जी भएको दाबी गरे ।

पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोईरालालको गृह जिल्लामा संस्थापन पक्षले पेलेरै जाने नीति बनाएको कारण बाँकेमा क्रियाशिल सदस्यता विवादका कारण लामो समयदेखि १४ औ महाधिवेशनको प्रकृया अघि बढ्न सकेको थिएन । क्रिायशिल सदस्यको बारेमा सबै भन्दा बढी बिबाद क्षेत्र नं. १ कै थियो ।

आउदो २७ गते वडा अधिवेशनको तयारीमा रहेको बेलामा निर्वाचन परिणाम नै प्रभावित बनाउने गरी फर्जी व्यक्ति थप्न खोजेको कारण तालबन्दी गर्नु बाध्यता भएको काँग्रेसका नेता केसीले बताए । उनले भने–‘ लोकतान्त्रिक पार्टी विधि बिधान र पद्धतीबाट चल्नुको सट्टा एक व्यक्तिलाई क्षेत्रीय सभापति बनाउने मोहमा संस्थापन पक्षले सबै कुरा मिचेर जानथाले पछि बिरोधमा उत्रिनुको बिकल्प छैन ।’

असंतुष्ठ पक्षले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि पार्टी कार्यालय परिसरबाट बारिदै गरेका प्रमुख निर्वाचन अधिकृत तोकिएका अधिवक्ता रेवती रमण भट्टराईले बाँकेमा क्रियाशिल सदस्यता थपेको बारे आफुलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए । उनले भने–‘हामीलाई लिखित मौखिक केही आएको छैन । उहाँहरु आउनु भयो कार्यकक्षमा ताला लगाउनु भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सातौं नेपालगञ्ज म्याराथनको टिसर्ट सार्वजनिक

२४ कार्तिक २०७८, बुधबार १९:४३
नेपालगञ्ज  : सातौं नेपालगञ्ज म्याराथनको टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमका बीच सातौं नेपालगञ्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरिएको हो । आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले सातौं नेपालगञ्ज म्याराथनमा सबै सहभागीले आज सार्वजनिक गरेको टिसर्ट लगाउने जानकारी दिए । उनले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न लागि परेको […]