बाँकेंमा होटल व्यवसायी पूरीको अध्यक्षतामा बझांँगी समाज गठन

सदरलाइन संवाददाता २९ भाद्र २०८१, शनिबार १८:५१
 

नेपालगञ्ज  : बझाङ्गबाट बसाई सराई गरी विभिन्न पेशामा आबद्ध भएका वा स्थायी रुपमा बाँकेमा बसोबास गर्दै आएका बझाङ्गीहरुको भेलाले बझाङ्गी समाजको गठन गरेका छन ।

नेपालगञ्जको धम्बोझीमा रहेको होटल पिस प्लाजामा आयोजना गरिएको भेलाले बिरेन्द्र भन्डारी (टाईगर) को अध्यक्षतामा भएको सो भेलामा करिव साठी जना उपस्थिति रहेका थिए ।


सो भेलाले होटल व्यवसायी समेत रहेका नारद पुरी अध्यक्षतामा बझाङ्गी समाज बाँकेको गठन गरिएको हो । यसैगरी समाजको उपाध्यक्ष उमा केसी, सचिब दिपक बहादुर. सिह, सह–सचिबमा बिनोदबहादुर खड्का चयन भएका छन् ।

सो भेलाले समाजको सल्लाहकारका साथै पांँच जना कार्यसमिति सदस्य चयन गरिएको कलकबहादुर रोकायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अख्तियारका कामकारवाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक : राष्ट्रपति

२९ भाद्र २०८१, शनिबार १८:५१
काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ वर्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन । बार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसूरको […]

सम्बन्धित