महिला जनमत संघ बाँकेमा नीतु सिंह

सदरलाइन संवाददाता २७ श्रावण २०७८, बुधबार १३:२६
 

नेपालगञ्ज : जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ बाँके गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य नसिमुन शेषको अध्यक्षतामा भएको भेलाले नीतु सिंहको अध्यक्षतामा संघ गठन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा ४ जनालाई राखिएको छ । शान्ति गोडिया, अफरोज जहाँ शेष, सायरा बानो राई तथा पूजा सोनी उपाध्यक्षमा चयन भइन् । सचिवमा मीरा मौर्या र रीता खटिक चयन भएका छन् । सहसचिवमा बन्दना बर्मा, फूलमति कोरी र सरस्वती खटिक चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा उपमा टन्डन, चयन भएका छन् । जगमूर्ति रैदास, हेमा खटिक, पुष्पा हरिजन, द्रोपदि हरिजन, पिल्ली गडरिया, निलम तमोली, राधा गोडिया, सुघरी यादव, गुड्डा गडरिया, रमावति खटिक, संगिता चौधरी, संन्नोदेबी सिंह, गंगा देबी चन्द तथा शायरा बानो राई, यशोधा कुर्मी, फुलमति अहिर र गीता सोनकर सदस्यमा चयन भएको जनमत पार्टीका नेता तथा संगठन बिभाग प्रमुख रियाज अहमद शेषले जानकारी दिए ।


संगठनको लक्ष्य, आगामी उद्देश्य, मुद्दा, संगठन निर्माण लगायतका विषयमा जनमत पार्टीका केन्द्रीय नेता इरफान अहमद शेषले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य शैलेन्द्र कुमार कर्णले गरेका थिए भने जनमत पार्टी बाँकेका युवा नेता तथा मुस्लिम जनमत संघ बाँकेका अध्यक्ष अब्दुल वाहिद शेषले सञ्चालन गरेका थिए ।

कार्यक्रममा संगठन प्रमुख रियाज अहमद शेषले प्रशिक्षण दिएका थिए । राजु बर्मा, पुष्पा हरिजन, रिता खटिक, मीरा मौर्यालगायतले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध बोकेका शिक्षकसहित चारजना पक्राउ

२७ श्रावण २०७८, बुधबार १३:२६
जाजरकोट : हप्ता दिनभित्र जाजरकोटमा शिक्षक र भारतीय नागरिकसहित चारजना लागुऔषध कारोबारी पक्राउ परेका छन् । बुधवार बिहानमात्र भेरी नगरपालिका–२, डिगाका ५० वर्षीय चक्रबहादुर थापा र वडा नं ४ का विजय भारतीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार पनि लुकाइछिपाइ अवैधलागु औषध चरेस लिन थालेका एक भारतीयसहित दुई जनालाई जाजरकोट […]