नेपालगञ्ज तातो हावा ‘लु’ को उच्च जोखिममा

सदरलाइन संवाददाता १३ पुष २०८०, शुक्रबार १५:५३
 

नेपालगञ्ज : नेपालगञ्ज तातो हावा (लु) को उच्च जोखिममा छ । गर्मी समयमा चल्ने तातो हावा ’लु’ को उच्च जोखिमबाट बच्न पूर्व तयारी आवश्यक छ । त्यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासंगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्जमा ’लु’ प्रतिकार्यका लागि काम गरिरहेको छ ।

बढ्दो कार्वन उत्सर्जनले जलवायुमा ल्याइरहेको परिवर्तनको असरले विश्व तापमान बर्षेनी उकालो लागिरहेको छ । विश्वमै ’लु’ एक गम्भीर विपदको रुपमा देखिएको छ । नेपालगञ्जका लागि पनि ’लु’ समस्याका रुपमा रहेको छ । अमेरिकन रेडक्रस र क्लाइमेट सेन्टरको सहयोगमा नेपाल रेडक्रस बाँके शाखा गत वर्षदेखि ’लु’ प्रतिकार्यका लागि क्रियाशील छ । नेपालमै पहिलोपटक ’पाइलटिङ’ का रुपमा नेपालगन्ज उपमहानगरपालिकामा ’लु प्रतिकार्य कार्यक्रम’ संचालनमा छ ।

नेपालगञ्जमा शुक्रवार यो कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र नेपालगञ्ज उपमहानगरपालिकाबीच साझेदारीपत्र आदानप्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र रेडक्रसका बाँके सभापति गोबर्द्धन सिंह सम्झनाले समझदारीपत्र आदानप्रदान गरेका हुन् ।


उक्त कार्यक्रममा रेडक्रसका रुद्र अधिकारी र दोलख डाँगीले ’लु प्रतिकार्य’ का लागि भइरहेको क्रियाकलाप, गर्नुपर्ने काम, प्रतिकार्य योजना निर्माण र कार्यान्वयन लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकामा चिसो छानो निर्माण, कुलिङ सेन्टर स्थापना, सचेतना प्रवर्द्धन लगायतका गतिविधि संचालन गर्ने तयारी गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले तातो हावा (लु) नेपालगञ्जको प्रमुख विपदका रुपमा देखा परेको भन्दै यसबाट बच्न पूर्व तयारी र पूर्व अभ्यासमा जोड दिनुपर्ने बताए । त्यसका लागि रेडक्रससंग सहकार्य गरेर प्रतिकार्यका लागि काम गरिरहेको विष्टको भनाई छ । उनले नेपालगन्ज उपमहानगरपालिका विपद् प्रतिकार्यका लागि गम्भीर ढंगले लागिपरेको बताए ।

रेडक्रसका सभापति सम्झनाले आपसी सहकार्यले विपद विरुद्ध जुध्न स्थानीय सरकारको उत्थानशिलता अभिवृद्धि हुने बताए । आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपत तथा वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, विपत तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, पूर्वाधार समिति संयोजक बसन्त कनोजिया लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समता स्कुल कोहलपुरमा निःशुल्क आँखा शिविर

१३ पुष २०८०, शुक्रबार १५:५३
कोहलपुर (बाँके) : समता स्कुल कोहलपुरले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । कोहलपुर वडा नं.११ स्थित समता स्कुलको आयोजना तथा कौसिल्या अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा उक्त निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । निशुल्क आँखा शिविर उद्घाटन कार्यक्रममा बोल्दै कौसिल्या अस्पतालका सञ्चालक शंकर न्यौपानेले पछिल्लो समय सामाजिक संजालको व्यापक […]

सम्बन्धित