हिउँदे वर्षा नहुँदा बाँकेका किसानमा उत्पादन घट्ने चिन्ता

सदरलाइन संवाददाता २ फाल्गुन २०८१, शुक्रबार १४:०६
 

नेपालगञ्ज : बाँकेसहित आपसपासका जिल्लामा हिउँदे बालीको लागि आवश्यक पानी नपरेपछि किसानहरु चिन्तन भएका छन् । फागुण महिना लागि सक्दा पनि पानी नपर्दा बालीको वृद्धि विकास नहुने चिन्ताले किसानहरु पिरोलिएका छन् ।

बाँकेको ग्रामीण भेगका किसानहरुले हिउँदे बालीअन्तर्गत गहुँ, तोरी, मुसुरो, तथा मकैलगायतका बाली लगाएका छन् । तर आवश्यकता अनुसार पानी नपर्नु ालीलाई नकारात्मक असर परेको किसानहरुले बताएका छन् ।

डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान गुरुदीन यादवले विगतका जाडो मौसममा हुस्सु लागेकै समयमा गहुँ बालीमा पहिलो सिचाई गरेको बताउँदै यसपाली चर्को घाम लागेका कारण बोरिङ मार्फत सिचाई गरेको बताए । हिउँद याममा अहिलेसम्म पानी नपर्दा बालीको वृद्धि विकास रोकिएको उनको भनाई छ ।


यस्तै नरैनापुर गाउँपालिकाका किसानहरुले हालसम्म पानी नपरेका कारणले तोरी, गहुँलगायत अन्य बालीमा समस्या भएको र यसले गर्दा उत्पादनमा कमी हुने बताए । हालसम्म पानी नपरेपछि किसानहरुले पटक पटक सिँचाई गरेर भएपनि बाली जोगाइरहेको उनहीहरुको भनाई छ ।

हिउँद याममा आकाशे पानीको भरमा रहेका किसानहरूलाई पानी नपर्दा समस्या भएको किसानको गुनासो छ । हिउँदमा हुस्सु लागेन र पानी परेन भने हिउँदे बालीको उत्पादनमा २० प्रतिशत कमी हुने कृषि विज्ञहरु बताउँछन् । उत्पन्न समस्याका बारेमा डुडुवा गाउँपालिकाका कृषि शाखाका प्रमुख सुशील शर्माले हिउँदे बालीको अर्थ नै हिउँद अर्थात् शीतलहरमा हुने बाली रहेको बताए ।

हिउँदे बालीहरू चिसो र सिमसिमे पानीमा वृद्धि विकास तथा फस्टाउने गर्दछन् । यस पाली पानी नपरेका कारण बालीहरू खासै राम्रो नहुने प्रमुख शर्माको भनाई छ । अझै समय छ, पुस मसान्तसम्म पनि पानी पर्यो भने बाली सप्रिन सक्ने उनले बताए ।

यसै गरी डुडुवा गाउँपालिका वडा नं. ६ का केही किसानहरुसँग सिँचाईको सुविधा रहेकोले बोरिङबाट पानी चहारेर बाली जोगाउन थालेको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए । उनले भने,‘जुन किसानसँग सिँचाई सुविधा छैन त्यस्ता किसानले अरुसँग भाडामा लिएर पानी चहार्ने गरेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पश्चिम नेपालमा पाहुनाको रोजाईको गन्तब्य बन्दै नेपालगञ्जको होटल सिटी प्यालेस

२ फाल्गुन २०८१, शुक्रबार १४:०६
नेपालगञ्ज :  पश्चिम नेपालको होटल व्यवसायमा आफ्नो शसक्त पहिचान बनाउदै पाहुनाको रोजाईको गन्तब्य बन्न सफल नेपालगञ्जको होटल सिटी प्यालेसले आफ्नो स्तर उन्नती सहित सेवा सुबिधामा बिस्तार गरेको छ । विसं २०७२ साल असारदेखि नेपालगञ्जको धम्बोझीमा स्थापान भएर सेवा प्रवाह गर्दै आएको होटल सिटी प्यालेसले स्तरउन्नती सहित आफ्नो सेवा र सुविधालाई […]

ताजा अपडेट