नेपालगञ्ज उपमहानगरका वडा अध्यक्ष र कर्मचरीलाई कोरोना पुष्टी

१९ श्रावण २०७७, सोमबार ११:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिकाका एक जनप्रतिनिधि र एक कर्मचारीलाई कोरोना पुष्टी भएको छ । सोमबार बिहान भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्जका ४७ बर्षिय पुरुष जनप्रतिनिधि र ५९ बर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएको हो ।

संक्रमित मध्ये एक जना नेपालगञ्जका वडाअध्यक्ष र अर्का उपमहानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित मध्ये, वडा अध्यक्षलाई ज्वरो तथा श्वासप्रश्वास सम्बन्धी लक्षण देखिएको र कर्मचारीमा कुनै पनि लक्ष्ण नदेखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


उनले दुबै जनालाई खजुरामा रहेका सुशील कोईरालाल प्रखर क्यान्सर अस्पतालकोको आईशोलेशन अस्पतालमा राखि उपचार सुरु गरिएको बताए ।
बाँकेमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको पाईएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतबारदेखि तीनदिनसम्मका लागि निषधाज्ञा जारी गरेको छ ।

बाँकेमा ४४६ जनालाई कोरोना संक्रमणको पुुष्टी भएको छ । यी मध्ये ३८८ जना संक्रमणलाई जितेर घरफर्केका छन भने २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण बाँकका आईशोलेशनमा हाल ६५ जना रहेका छन् । यी मध्ये ११ जना अन्य जिल्लाका हुन ।

Next Post

जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै

१९ श्रावण २०७७, सोमबार ११:४९
सदरलाइनडटकम, नेपालगञ्ज : हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा तागाधारीले सोमबार देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । आज कै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । पूर्णिमाका दिन […]

सम्बन्धित