आफ्नै घर अगाडिको कुवामा डुवेर पासीको मृत्यु

१९ कार्तिक २०७४, आईतवार १८:४४
 

सदरलाइनडटकम
१९ कात्तिक, नेपालगन्ज : आफ्नै घरको आँगनमा रहेको कुवामा डुबेर नेपालगन्जमा एक युवकको ज्यान गएको छ । नेपालगन्ज– १७, थुकैलामा घर अगाडीको खुल्ला रहेको इनारमा डुब्दा २२ वर्षिय युवक सुकई पासीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मृतक पासी मदिरा सेवन गरेर हिड्दा हिड्दै घर अगाडी नै रहेको इनारमा खसेको प्रत्यक्षदर्शीले देखेका थिए । शनिबार साँझ करिब ७ बजे इनारमा खसेपछि गाउँलेहरुले उद्दार गरेर उपचारका लागि लैजाँदै गर्दा चौलिक्कामा ज्यान गएको स्थानीय सोहनलाल यदवले जानकारी दिए ।
गाउँलेका अनुसार पासी जोगागाउँमा लागेको मेलामा गएको र त्यहीबाट मदिरा सेवन गरेर आएका थिए । घरमा आउने बित्तिकै बिद्युतको तार चलाउन खोजेपछि परिवारका व्यक्तिले नछुन पासीलाई आग्रह गरेका थिए । त्यहाँबाट निस्कने बित्तिकै पासी इनारमा खसेको जानकारीमा आएको छ ।
यसैगरी नेपालगन्ज कारागार नजिकै एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ । सालनालसहितको शिशुको शव पानी जमेको खेतमा शनिबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
हिलाम्मे खेतमा सालनालसहितको नवजात शिशुको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुधिरराज शाहीले नवजात शिशुको शवको प्रकृति हेर्दा एक दिनअघि जन्माएर फालिएको जस्तो देखिने जानकारी दिदै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा हात्तिपाइले रोगको अवस्था बारे सर्भे सुरु

१९ कार्तिक २०७४, आईतवार १८:४४
सदरलाइनडटकम  २० कात्तिक, नेपालगन्ज  : नियमित ७ वर्ष हात्तिपाईले बिरुद्धको औषधि खुवाईएको बाँकेमा हात्तिपाईले रोगको अवस्था पत्ता लगाउनको लागि ‘प्रि ट्रान्समिसन एसिस्मेन्ट सर्वे’ सुरु गरिएको छ । पाँच चरण हात्तिपाईले बिरुद्धको औषधि खुवाई सकेपछि पुनः २ चरण औषधि खुवाई अवस्था बुझ्नको लागि सर्वे सुरु गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेका […]

सम्बन्धित