२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नौहजार घुस सहित विद्युतका प्रविधिक अख्तियारको फन्दामा



सदरलाइनडटकम
७ कात्तिक, नेपालगन्ज : सेवाग्राहीसंग विद्युत मिटर जडान गरिदिने भन्दै घुस माग्ने विद्युतका प्राविधिक अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाईट शाखा बाँकेका प्राविधिक तेस्रो तहमा कार्यरत जयराम न्यौपानेलाई ९ हजार घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार प्राविधिक न्यौपानेले सेवाग्राहीसँग विद्युत मिटर जडानका लागि घुस मागेको उजुरीको आधारमा निवेदन परेको थियो ।
उजुरीको आधारमा अख्तियारले गरेको कारवाहीमा प्राविधिक न्यौपानेले सेवाग्राहीसंग नौ हजार घुस रकम लिदै गरेको अवस्थामा निजलाई कार्यालय परिसरबाटै घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको निमित्त कार्यालय प्रमुख नारायण दत्त उपाध्यायद्वारा विज्ञप्तीमा उल्लेख छ । अभियुक्त न्यौपाने माथि अनुसन्धान भईरहेको अखितयारले जनाएको छ ।

प्रकाशित मिति : २०७४ कात्तिक ७ गते मंगलबार
ताजा समाचार