सदरलाइनडटकम
११ भदौ, नेपालगन्ज : बाँकेमा आईतबार चट्याङ्गमा परेर १० चौपायको मृत्यु भएको छ । बाँके प्रहरीले दिएको जानकारी अनुसार राप्ती सोनारी गाउपालिका वडा नं २ मा आईतबार दिउसो परेको चट्याङ्ग लागेर चराउन जंगल लगेका १० भेडा मरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार आईतबार दिउसो करिव सवा १२ बजे राप्तीसोनारी गाउपालिका वडा नं.२ को मुगुवा खोला किनारमा चराउन लगेको अवस्थामा चट्याङ्ग लागेर रुखमुनी बसेका १० भेडा मरेका हुन ।
चट्याङ्ग लागेर सोही ठाँउका युवराज वलीको ६ वटा, सुरेश वलीको ३ वटा र कमला वलीको १ वटा भेडा मरेका हुन । भेडा खोलाको किनारमा रहेको खयरको रुख मुनि बसेको अवस्थामा चट्याङ्ग परेको थियो ।
