सदरलाइनडटकम
११ भदौ, नेपालगन्ज : कोहलपुर सुर्खेत सडक खण्डमा पर्ने बाँकेको बैजनाथ गाउपालिका वडा नं. १ देउरालीको १९ नं. मोडमा यात्रुबाहक बस र विपरित दिसाबाट आएको बोलेरो जिप एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले दिएको जानकारी अनुसार सुर्खेतबाट नेपालगन्ज आउदै गरेको भे १ च २३६१ नं.को बोलेरो जीप र धनगढीबाट सुर्खेत जाँदै गरेको ना ५ ख ५३७० नं. को यात्रुबाहक बस एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन् ।
सो सडक दुर्घटनामा परेर घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको ईप्रका कोहलपुरले जनाएको छ ।
