बाँकेमा तीन दिने राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी

सदरलाइन संवाददाता १४ माघ २०७९, शनिबार १५:५९
 

नेपालगञ्ज : बाँकेमा तीन दिने थारु साहित्य सम्मेलन हुने भएको छ । यही माघ २० देखि २२ गतेसम्म सातौं राष्ट्रिय थारु साहित्य सम्मेलन हुने भएको हो ।

थारु लेखक संघ नेपाल बाँके र थारु गोचाली समाज नेपाल राप्तीसोनारीले शनिवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा सम्मेलन गर्न लागिएको बताएको हो । सम्मेलनमा थारु भाषा, साहित्य, कला, संस्कृति, परम्परा लगायतका विषयमा छलफल र बहस हुने थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले जानकारी दिए ।


सम्मेलनमा आएका पाहुनाहरुलाई राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्रहरु बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँधको अवलोकन गराउने कार्यक्रम रहेको स्थानीय आयोजक थारु गोचाली समाज नेपाली राप्तीसोनारीका महासचिव कालुराम समर्पणले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिकाद्वारा आपतकालीन सामग्री वितरण

१४ माघ २०७९, शनिबार १५:५९
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय र घरपरिवारको आपतकालीन आवश्यकता सम्बोधनका लागि प्रतिकार्य परियोजनाअन्तर्गत अति […]