मोटरसाइकल चोर्ने पक्राउ

सदरलाइन संवाददाता २ माघ २०७८, आईतवार १४:५१
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जबाट मोटरसाइकल चोरी गरेर भारत लैजादै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतवार बिहान करिब पौने ९ नेपालगञ्ज उपमहानगरपालिका १४ गोसाईपुर्वाबाट चोरी गरेर भारत लैजादै गरेको भे २ प ८६९५ होण्डा साईन मोटरसाइकलसहित एक जनालाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलिले नियन्त्रणमा लिएको जनाएको छ ।


ईलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी अनुसार बिहान मोबाईल मार्फत खबर आए पश्चात् मोटरसाइकल चोरी गरेर भारत लैजादै गरेका नेपालगञ्ज १४ गोसाईगाउँका समही कोरीलाई गोसाईपुर्वाबाट करिब ४०० मिटर पुर्व तर्फबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कोरी संग एक थान सादा मोबाईल समेत बरामद गरेर आवश्यक प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चार नीति पारित गर्दै नेपालगञ्जको नगरसभा सम्पन्न

२ माघ २०७८, आईतवार १४:५१
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको १० औं नगरसभा आइतबार सम्पन्न भएको छ । नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित,, बैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधन सहित पारित गरेको छ । नेपालगञ्न उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरका अनुसार नगरसभाले नगर सञ्चार नीति–२०७८ पनि संशोधन सहित पारित गरेको छ । […]