इन्जिनियर्स एशोसिएशन लुम्बिनी प्रदेशमा काँग्रेसको प्यानल विजयी

सदरलाइन संवाददाता ३० फाल्गुन २०७८, सोमबार १३:१३
 

नेपालगञ्ज : नेपाल इन्जिनियर्स एशोसिएशन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ ।

चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका तीन वटा प्यानलले प्रतिस्पर्धा गरेका थिए ।


प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुईजना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो ।

एशोसिएसनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले एमाले निकट जीवन अर्याललाई ८३ मत अन्तरले पराजित गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार ३ संक्रमित थपिए

३० फाल्गुन २०७८, सोमबार १३:१३
नेपालगञ्ज : बाँकेमा सोमवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५० जनाको पीसीआर परीक्षण गर्दा ३ र २७८ जनाको एन्टिजेन परीक्षणमा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा १६ जनाको नमुना जाँच गर्दा २ जनामा भाइरस संक्रमण देखिएको हो । यस्तै मेडिकल […]