प्रदेशस्तरीय भण्डारण कक्षको शिलान्यास

८ जेष्ठ २०७६, बुधबार १७:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : गृहमन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रमद्वारा सञ्चालन हुने गरी नेपालगञ्ज बिमानस्थलमा प्रदेश ५ स्तरीय फर्वाड लजिस्टिक बेस अर्थात् आपत्कालिन सामग्री भण्डारण कक्षको बुधवार शिलान्यास गरिएको छ ।
बेलायतकी अन्तर्राष्ट्रीय विकास मन्त्री बेनोरेस एलिजाबेथले आपतकालिन खाद्य भण्डारण शिलान्यास गरिन् । मे महिनाबाट निर्माण शुरु हुने उक्त आपतकालिन सामग्री भण्डारण केन्द्रको लागत १ करोड २५ लाख रहेको छ । दश हजार मेट्रिक टन क्षमताको हुने उक्त भण्डार केन्द्र आगामी सेप्टेम्बर महिनासम्म बनिसक्ने छ ।
नेपालगञ्जस्थित बन्न लागेको उक्त संरचना प्रदेश तथा राष्ट्रीयस्तरमा आपत्कालीन कार्यहरु सञ्चालन गर्नका लागि प्रदेशस्तरमा निर्माण गर्न लागेको पहिलो हो । उक्त भण्डारण कक्ष निर्माण भई सञ्चालनमा आएपछि द्रुतरुपमा हरेक जिल्लामा हुने आपत्कालीन सामग्री पठाउन सहज हुनेछ ।
यस्तो कार्यले धेरै पीडितहरुको ज्यान जोगाउन सकिने अपेक्षा गरिएको छ । भण्डारण कक्ष शिलान्यास कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलगायत उच्च तहका सरकारी कर्मचारीको सहभागिता थियो ।

Next Post

हत्या आरोपमा बुटवलमा चारजना पक्राउ

८ जेष्ठ २०७६, बुधबार १७:४२
सदरलाइनडटकम, बुटवल : चिरञ्जिवी आचार्यको हत्या अरोपमा पक्राउ परेका ४ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले बुधवार सार्वजनिक गरेको छ । रुपन्देहीको पुर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका वडा नं. १० सालझण्डी सामुदायिक वनमा गत जेष्ठ ६ गते २७ बर्षीय चिरञ्जिवी आचार्यको शव फेला पारेको थियो । सोही हत्याको आरोपमा इलाका प्रहरी कार्यालय […]