शुन्य बन डढेलो अभियानलाई सप्ताह ब्यापीरुपमा मनाइने

सदरलाइन संवाददाता १ चैत्र २०७९, बुधबार १४:२३
 

राप्तीसोनारी (बाँके) : लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीले मान्छेले आफुले फेर्ने श्वासका निम्ति अस्पताल जाने वातावरण बन्दै गएको भन्दै यस प्रति सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

वन डढेलो नियन्त्रण सप्ताह २०७९ अन्र्तगत बुधवार राप्तीसोनारीको ओभरीमा आयोजित सप्ताह शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

बन जंगल डढेलोका कारण मासिदै जाने र निशुल्क रुपमा मानव तथा अन्य जिब जन्तुले फेर्ने अक्सिजनको लागि अस्पतालसम्म पुग्नुपर्ने दिन आउन नसक्ला भन्ने स्थिती नरहेको भन्दै मन्त्री चौधरीले एक झिल्को आगोले वन नै सखाप हुने मात्र नभई त्यससंग निर्भर तमाम जिवहरुको जीवन नै समाप्त हुने बताए ।

सरकारको सम्पत्तिको रुपमा रहेको वन क्षेत्रमा पुराना रुखहरु र नया बिरुवाहरुको संरक्षण गर्ने प्रमुख दायित्व स्थानिय वन उपभोक्ता तथा स्थानिय सरोकारवालाको नै भएको जिकिर गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री चौधरीले वाताबरण परिवर्तन हुनबाट जोगाउन शुन्य बन डढेलो अभियानलाई सप्ताह ब्यापि रुपमा मनाउन लागिएको स्मरण गरे ।


हरेक बर्ष चैत्र पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउदै आएको परिप्रेक्षमा बन डढेलो नियन्त्रणमा बन उपभोक्ता समुहको नै अग्रणि भुमिका रहने भन्दै मन्त्रि चौधरीले आगो लाग्नबाट रोक्न छोडि आफै आगो लगाउने गरेको पाईए त्यस्ता बन उपभोक्ता समुहहरुको नबिकरण नै नहुने चेतावनी समेत दिए । सम्पत्ति जोगियो भने कसरी उपभोग गर्ने भन्ने कार्ययोजना बन्नेमा दुईमत नरहने भन्दै मन्त्रि चौधरीले वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता , बन समुह तथा सरोकारवाला सबै निकायहरुलाई आब्हान समेत गरे ।

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा आयोजित सप्ताह ब्यापी वन डढेलो नियन्त्रण शुभ आरम्भ कार्यक्रममा बिभिन्न क्लव, बिद्यालय, स्थानिय सांस्कृतीक समुह र गैर सरकारी संस्थाहरुले ओभरी बजार भरी प्रभात फरीमा सहभागिता जनाउदै बिभिन्न जनचेतनामुलक नाटक, नृत्य समेत प्रस्तुत गरेका थिए ।

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव उद्धव बहादुर घिमिरेको सभापतित्वमा आयोजित सप्ताहब्यापि वन डढेलो नियन्त्रण कार्यक्रमको पहिलो दिन बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजित कुमार कर्ण लगायत अतिथीहरुले बन डढेलोबाट जोगाउने बारे आ आफनो धारणा राखेका थिए ।

कार्यक्रमको नेपाल टेलिभिजन कोहलपुर र प्रतिबोध एफ एम कोहलपुरले प्रत्यक्ष प्रशारण गरेको कार्यक्रममा जिल्लाको उच्च सरकारी निकायका महानुभाव, सुरक्षाकर्मि, बिद्यार्थी, शिक्षक, गैरसरकारीकर्मि, लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका अधिकृत केशब खडकाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा खोपको घरदैलो सर्वेक्षण गरिँदै

१ चैत्र २०७९, बुधबार १४:२३
नेपालगञ्ज : कोभिड, दादुरा विरुद्धको खोप, विभिन्न नियमित खोप तथा हात्तीपाइलेलगायत अन्य औषधी सेवनमा नेपालगञ्ज उपमहानगर जिल्लाका अन्य पालिकाभन्दा निकै पछाडि रहेको पाइएको छ । खोप लगाउने र औषधि सेवनको सवालमा नेपालगञ्ज पछाडि पर्नुको कारण पत्ता लगाउन यहाँ घरदैलो सर्वेक्षण शुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले खोप लगाए÷नलगाएको बुझ्न […]