लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २१ माघ २०७८, शुक्रबार १२:४०
 

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बिहीवार राती पौने ९ बजे चन्दननाथ ५ जुम्ला बस्ने २५ बर्षीय राजेन्द्र सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

लागुऔषध कारोबार मुद्दामा बाँके जिल्ला अदालतको गत चैत २५ गतेको फैसलाले २ बर्ष २ महिना २७ दिन कैद र २५०० सय रुपैयाँ जरिवाना तोकिएका सुनार फरार थिए ।


उनी खजुरा ६ सिमलघारीमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनौली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी नियन्त्रणमा लिएको हो ।

सुनारलाई बाँके जिल्ला अदालतमा शुक्रवार बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकको मृत्यु, प्रहरी जवान घाइते

२१ माघ २०७८, शुक्रबार १२:४०
नेपालगञ्ज : मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । लु ७६ प ९०९१ नम्बरको मोटरसाइकलमा बिहीवार राती पौने १० बैजापुरबाट नेपालगञ्ज आइरहेका प्रशान्त थारुको दुर्घटनामा परेर मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत परुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थारुको नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा शुक्रवार बिहान […]