२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बाँकेका १ सय ८ मुसलमान यो वर्ष हज गर्न जाँदै



सदरलाइनडटकम
२१ साउन, नेपालगन्ज : बाँकेका १ सय ८ मुसलमानले यो वर्ष हज गर्न जान पाउने भएका छन् । साउदी अरेवीयाको मक्का मदिनामा ‘हज’ मा जानको लागि गत वर्षका ८१ र यो वर्ष आबेदन दिएका मध्यबाट २७ जना गरी १ सय ८ जनाले हजको लागि अवसर प्राप्त गरेका हुन ।
‘हज’ हरेक ईस्लाम धर्मावलम्बीहरुको जीवनमा एक पटक गर्नैपर्ने महत्वपूर्ण धार्मिक कार्य हो । यो वर्ष १ सय २० जनाले आवेदन दिएका थिए । केन्द्रीय हज कमिटीले आगामी हप्तादेखि देशभरका हजयात्रीलाई काठमाण्डौबाट बिदाई गर्ने गरी सुचना समेत जारी गरेको छ ।
बाँकेबाट हज गर्न जानेहरुको साउदीको लागि उडान २०७४ साउन ३२ गते हुने आफुलाई जानकारी आएको हजयात्री मो. साकिर हल्वाईले बताए । बाँकेबाट २७ गते नै हजयात्री काठमाण्डौका लागि प्रस्थान गर्ने गरी तयारी भएको उनले बताए ।
साउदी अरेवियाको मक्का मदिनामा हुने हजयात्राका लागि नेपालबाट जाने हजयात्रीको लागि सरकारले नेपाली मुसलमानहरुका लागि स्थानीय जिल्ला प्रशाशन मार्फत वा सरकारले गठन गरेको केन्द्रीय हज कमिटी मार्फत आवेदन माग गरे अनुरुप आबेदन दिएका आबेदक मध्येबाट पहिला आएको आधारमा छनौट गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७४ साउन २१ गते शनिबार
ताजा समाचार