निर्वाचनको विरोध गर्ने सबै सहभागी भएको गृहमन्त्री शर्माको दाबी

५ असार २०७४, सोमबार १९:४१
 

सदरलाइनडटकम
५ असार, नेपालगन्ज : गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनको विरोध गर्ने सबै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि भएको दाबी गरेका छन् । सोमबार अपरान्ह नेपालगन्जमा प्रदेस नं. ५ का केही जिल्लाका सुरक्षा अधिकारी सम्मिलित सुरक्षा गोष्ठीको उद्दघाटन गर्दै सो दावी गरेका हुन ।
उनले संविधान र स्थानीय तह निर्वाचनको बिरोध गर्दै आएको संघीय गठबन्धनले विभिन्न चरणको निर्वाचनलाई स्वीकार्दै निर्वाचनमा समेत भाग लिएको दाबी गरे । उनले भने–‘निर्वाचन बहिष्कार गर्न खोजेको संघीय गठबन्धन र राष्ट्रिय जनता पार्टी नेपालले सरकारको निरन्तरको पहलकदमीका कारण स्थानीय तहको दोस्रोचरणको निर्वाचनमा सहभागी भएको छ ।’ सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले अगाडि थपे,–‘राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रुपमा सहभागी भएको छ । तेस्रो चरणको निर्वाचन असोज २ गतेसम्म विभिन्न अड्चनहरु समाप्त भएर समाधान निस्कन्छ ।’
गृहमन्त्री शर्माले सरकारको निरन्तरको प्रयास र पहलका कारण निर्वाचनको बिपक्षमा रहेका दलहरुका असन्तुष्टी क्रमशः समाधान हुने चरणमा रहेको जानकारी दिदै भने–‘दुई नम्बर प्रदेशमा निर्वाचन हुनु भन्दा पहिले नै अहिले देखिएका असन्तुष्टी समाधान हुन्छन । अब मुलुकमा बिवाद र द्वन्द्व चर्काउनु भन्दा त्यसलाई थाँती राखेर होइन समृद्धितर्फ अघि बढ्न आवश्यक छ ।’
गृहमन्त्री शर्माले आगामी माघभित्रै तीनवटै चरणको निर्वाचन सम्पन्न गरी संविधानलाई पुर्ण कार्यान्वयनको चरणमा पु¥याउन आवश्यक भएको बताए । गृहमन्त्री शर्माले सुरक्षा निकायको सक्रियताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न हुन सकेको दाबी गरे ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिरकुमार शाह, नेपाल प्रहरीका महानिरिक्षक प्रकाशराज अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको भेलामा दोस्रोचरणको निर्वाचनको सुरक्षा चुनौतीका बिषयमा छलफल भई नयाँ रणनीति बनाइने भएको छ ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकले कारलाई ठक्कर दिदा एकको मृत्यु दुई घाइते

५ असार २०७४, सोमबार १९:४१
सदरलाइनडटकम  ५ असार नेपालगन्ज : दाङ्गबाट नेपालगन्ज तर्फ आउदै गरेको कार र सोही दिशाबाट आउदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गको बाँकेको गाभर नजिकै सोमबार साँझ ठोक्किदा एक जनाको मृत्यु हुनुको साथै दुई जना गम्भीर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार […]