काठमाडौः कोरोना कहरका कारण स्थगित भएको कक्षा १२ को परिक्षा साउन भित्र सञ्चालन गर्ने गरि तयारी अगाडि बढाउदै राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालय संग अनुमति मागेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा आगामि साउनको तेस्रो वा अन्तिम सातामा सन्चालन गर्नेगरि शिक्षा मन्त्रालयसँग अनुमति मागेको बताए ।
उनले कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने वातावरण सिर्जना भएकाले कक्षा १२ को परीक्षा सन्चालनको अनुमति माग गर्दै परीक्षाको तयारी पनि गरिरहेको जानकारी दिए ।
गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको जनाएको छ । गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो ।