चित्रको माध्यमबाट सामाजिक घटनाहरु बाहिर ल्याउन कार्यशाला

सदरलाइन संवाददाता २९ बैशाख २०८१, शनिबार १९:१७
 

बर्दिया : प्लान इन्टरनेशनल नेपालले समाजमा घट्ने सामाजिक अपराधहरु बालविवाह, घरेलु हिंसा जस्ता घटना चित्रकलाको माध्यमबाट कसरी उजागर गर्ने भन्ने विषयमा ३ दिने कार्यशाला बर्दियाको ठाकुरद्वारामा सम्पन्न गरेको छ ।

बर्दियाका ८ वटै पालिकाका २० जना बालिकालाई सामाजिक परिवेशलाई चित्रकलाको माध्यमबाट प्रस्तुति गर्दा सहज हुने तरिका सो अवसरमा सिकाईएको हो ।

बालविवाहलाई मानवीय स्वास्थ्य र आर्थिक उपार्जनसंग पनि जोडेर समुदाय तथा विद्यालयस्तरबाट नै पाठ्य सामाग्री तयार गरि अगाडि बढाउन सकेमा बालविवाह न्युनिकरण गर्न सहज हुने सहभागि बालिकाहरुको भनाई रहेको छ ।

छोराछोरीमा असमानता बच्चा गर्भमा रहेदेखि नै सुरु हुने भएकाले यस प्रकारको भेदभाव कम गरि लैङ्गिक समानताका लागि विद्यालय तथा समुदायमा छलफल चलाउन सुरु गर्ने कार्यशालामा सहभागि बालिकाहरुको भनाई रहेको थियो ।

प्लान इन्टरनेशनल नेपालकी अभियान प्रशासक लक्ष्मी चौधरीले बालबालिकालाई विपरित लिङ्ग प्रतिको आर्कषण, माया प्रेम र उमेर नपुग्दै विवाहवारीका विषयमा बालविवाहपछिको शारिरिक र मानसिक जटिलताका विषयमा चित्रकलाको माध्यम सजग गराउन सहज हुने धारणा राखिन ।

उनले बालबालिकाहरुलाई विद्यालय स्तरबाट नै सामाजिक हानिकारक अभ्यासका विषयमा छलफल गराउन सकियो भने नकारात्मक धारणाबाट हाम्रो समाज सकारात्मक दिशा तर्फ अग्रसर हुने बताईन । सामाजिक तथा पारिवारिक घटनाका विषयमा खुलेर कुरा गर्न नसकिरहेको अवस्थामा चित्रकलाको माध्यमले सकारात्मक उर्जा थप्न मद्दत पुग्ने प्लान इन्टरनेशनल नेपालको बुझाई रहेको छ ।


कार्यशाला गोष्ठिमा सिकेको चित्रकलाले पनि समाजलाई सचेत गराउने माध्यमका रुपमा प्रयोग गर्न सहभागि बालिकाहरुलाई प्लान इन्टरनेशनल नेपालले आग्रह गरेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ६ मनिकापुरकी सृजना सुनारले चित्रका माध्यमबाट मनमा उब्जेका कुराहरु तथा समाजमा घट्ने घटनालाई उजागर गर्न सहज हुने तर्क गरेकी छन् ।

चित्रका माध्यमबाट समाजलाई बुझाउन सजिलो हुने भएकाले चित्रकला समाजका जुनसुकै समुदायलाई बुझाउन सजिलो माध्यम भएको विकको भनाई छ ।

यसैगरि गुलरिया नगरपालिका वडा नं. ११ जोशीपुरकी गोमा थारुले समाजमा रहेको सामाजिक समस्या, कुरितीहरु, लैङ्गिक भेदभाव, महिनावारी हुँदा बालिकालाई पर्नसक्ने मानसिक पीडाका विषयमा कार्यशाला गोष्ठीमा कुन माध्यमबाट बाहिर ल्याउदा समाजलाई बुझाउन सहज हुन्छ भन्ने कुरा सिकेको बताएकी छन् ।

थारुले आफुले सिकेको कुराले समाजमा गएर चित्रकलाका माध्यमबाट प्रस्तुत गरि सामाजिक चेतना फैलाउन मद्दत गर्ने उनको बुझाइ रहेको छ । उनले समाज सुधारको लागि एकल प्रयासले सम्भव नभएकाले सबै तह र तप्कालाई हातेमालो गर्न आवश्यक रहेको हुँदा सबैको साझा सहयोगका लागि आग्रह गरिन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपा नेपालमा यादवको हैकमकाबिरुद्ध जसपा निर्माण भएको हो : महासचिव राई

२९ बैशाख २०८१, शनिबार १९:१७
नेपालगञ्ज  : नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको बताएका छन् । पार्टी विभाजनपछि पहिलोपटक आफ्नो गृहनगर नेपालगञ्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै जसपा नेपालका अध्यक्ष यादवकै कारण जसपा नेपालबाट धेरै नेता, […]