नेपालगञ्ज : बाँके प्रहरीले सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगञ्जको बिपीचोकबाट दुई जनालाई ५ ग्राम ५ सय मिलिग्राम र जमुनाहाबाट एक जनालाई एक ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।
बिपीचोकबाट नेपालगञ्ज–१६ जयसपुरका २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षका किशोर पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई समातेको हो ।
जमुनाहाबाट कोहलपुरका १९ वर्षीय प्रकाश परियार ब्राउनसुगरसहित पक्राउ परेका हुन् । भारतबाट पैदल नै नेपालगञ्जतर्फ आइरहेका उनको साथबाट एक ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
सीमावर्ति भारतीय बजार रुपइडिहामा सहजै पाइने ब्राउनसुगर नेपालगञ्ज हुँदै देशका विभिन्न भागमा पुर्याउने गरिन्छ ।