बाँकेमा डेढ लाखको अवैध सामान बरामद

सदरलाइन संवाददाता १६ भाद्र २०७८, बुधबार १५:४५
 

नेपालगञ्ज : बाँके प्रहरीले झन्डै डेढ लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा बेवारिसे अवस्थामा लत्ताकपडा, मोटरसाइकलका पार्ट पूर्जासहितको १ लाख ४८ हजार ६ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।


बरामद गरिएको सामान थप कारवाहीका लागि बुधवार नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । पछिल्लो समय बाँके प्रहरीले भारतबाट आउने अवैध सामान नियन्त्रण गर्ने र कारवाही गर्ने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा स्वास्थ्यकर्मी काममा फर्किए

१६ भाद्र २०७८, बुधबार १५:४५
दाङ : राप्ती प्रादेशिक अस्पतालका चिकित्सकलाई दुव्र्यवहार गर्नेहरूलाई प्रहरीले कारबाही अघि बढाएपछि दाङका स्वास्थ्यकर्मी बुधवारदेखि काममा फर्किएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुव्र्यवहार भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका थिए । सिंहलाई दुव्र्यवहार गरेको आरोप लागेका सर्जन परियार, दिवस क्षेत्री र दिलीप डाँगीलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया […]