ट्रकले कारलाई ठक्कर दिदा एकको मृत्यु दुई घाइते

५ असार २०७४, सोमबार २०:१७
 

सदरलाइनडटकम 
५ असार नेपालगन्ज : दाङ्गबाट नेपालगन्ज तर्फ आउदै गरेको कार र सोही दिशाबाट आउदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गको बाँकेको गाभर नजिकै सोमबार साँझ ठोक्किदा एक जनाको मृत्यु हुनुको साथै दुई जना गम्भीर घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार साँझ करिब ७ बजे भएको सो घटनामा परि नेपालगन्जका अमन किडवाईको घटनास्थल मै मृत्यु भएको हो । मृतक अमन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. एम किडवाईका छोरा हुन ।
पूर्वबाट पश्चिम तर्फ आउदै गरेको बा ९ च ५९७४ नं. को कारलाई ओभरटेक गर्नेक्रममा ना ५ ख ९१८१ नं.को ट्रकले ठक्कर दिदा किडवाईको घटनास्थलमै ज्यान गएको हो । ‘ एकै दिशाबाट आउदै गरेको कारलाई ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिदा एकको घटना स्थलमै मृत्यु भएको र कारमा सवार मृतक अमनका सहोदर भाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन डा. असिम किडवाई र सोही अस्पतालमा कार्यरत डा. विमर्श अधिकारी गम्भीर घाइते भएका छन् ।’
घाइते दुबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसंधान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आचार संहिताको खिल्ली उडाउदै गृहमन्त्री नै चुनावको प्रचार गर्दै घरदैलोमा

५ असार २०७४, सोमबार २०:१७
सदरलाइन/रुद्र सुवेदी   ६ असार, नेपालगन्ज : दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीति बारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगन्जमा आयोजित सुरक्षा गोष्ठिमा सहभागि हुन आएका गृहमन्त्री निर्वाचन आचारसंहिताको खिल्ली उडाउदै माओवादी केन्द्रको घरदैलोमा हिडेका छन् । सुरक्षा गोष्ठिको उद्दघाटन गर्नको लागि नेपालगन्जमा आएका गृहमन्त्री जनार्दन शर्मा प्रभाकर नेकपा […]