बाँकेका १८ सहित ३७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १९ कार्तिक २०७७, बुधबार १६:३३
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १८ सहित ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले बुधवार दिउँसो जारी गरेको सूचनाअनुसार बाँकेका १८ सहित ३७ जनामा कोरोना पुष्टि भएको हो ।


यसैगरी बर्दियाका १२ जना, दाङका ३, सुर्खेत, सल्यान, कैलाली र नवलपरासी पश्चिमका एकएक जना रहेको अस्पतालले जनाएको छ । १ सय ६० जनाको पिसिआर विधिद्वारा गरिएको परीक्षणमा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

Next Post

ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा

१९ कार्तिक २०७७, बुधबार १६:३३
काठमाण्डौ : मंगलवार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । अधिकांश राज्यहरुको नतिजा मोटामोटी रुपमा बाहिर आइसके पनि ८ वटा राज्यमा भने अझै यसै भन्न सकिने अवस्था छैन । न्युयोर्क टाइम्सका अनुसार हालसम्म जोए बाइडेनले २ सय २७ सिटमा जित निश्चित पारेको अनुमान गरिएकोछ भने वर्तमान राष्ट्रपतिसमेत रहेका डोनाल्ड […]