बाँकेका सबै स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गरियो

४ असार २०७४, आईतवार १८:५४
 

सदरलाइनडटकम 
४ असार, नेपालगन्ज : बाँकेका सबै स्थानीय तह निर्वाचनमा भाग लिनको लागि विभिन्न पार्टीका उम्मेदवारहरुले आ–आफ्नो दल बल सहित निर्बाचन कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका छन् ।
बाँकेको सबैभन्दा चर्चा र सबैले प्रतिष्ठाको विषय बनाएको नेपालगन्ज उप–महानगरपालिकामा उम्मेदवारले मनोनयन दर्ता गराउन जाँदा पार्टी कार्यालयबाट आफ्नो शक्ति प्रर्दशनको रुपमा सकेसम्म ठूलो समुह ¥यालीमा उतार्दै निर्वाचन कार्यालय पुगेका थिए । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा आईतबार बिहान ८ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।
स्थानीय तहको केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पालैपालो दलहरुले उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । बिहान ८ बजे कार्यालय खुल्ना साथ स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । बाँकेको नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका र ६ वटै गाउँपालिकामा शान्ति पूर्वक मनोनयन प्रक्रिया सुरु भएको प्रमुख निर्बाचन अधिकारी तथा बाँके जिल्ला अदालतका न्यायाधिश तेजनारयण पौडेलले जानकारी दिए ।
नेपालगन्जमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहानदेखि नै उम्मेदवारी मनोनयनको कार्य सुरु भएको छ । राजनीतिक दलहरुलाई भने निर्वाचन अधिकृतको कार्यालयले पालैपालो गरी दर्ताका लागि आउन समय दिएको मुख्य निर्वाचन अधिकारी पौडेलले
बताए ।
दलहरुले बिशाल ¥यायलीसहित मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् केही पुग्ने तयारीमा छन् । बाँकेमा ८ वटा तहका ८१ वटा वडा रहेका छन् । नेपालगन्जमा कुनै अप्रिय अवस्था हुन नदिन सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । राजपाले आव्हान गरेको बन्दको बाँकेमा हालसम्म प्रभाव देखिएको छैन् ।
यसैबीच स्थानीय तह निर्वाचनको मनोनयन दर्तामा बाँकेको बैजनाथ र डुडुवा गाउपालिकामा बाहेक सबै स्थानीय तहमा शन्तिपूर्ण तरिकाले मनोनयन दर्ता भएको छ । बैजनाथमा एमाले र माओवादी केन्द्रबीच र डुडुवामा संघीय समाजबादी फोरम र काँग्रेस बीच झडपको अवस्था देखिएको थियो । बैजनाथमा स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस प्रहार गरिएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज र डुडुवामा संघीय समाजबादीबाट दुई–दुई उम्मेदवार, बैधानिकता बारे आ–आफ्नै दावी

४ असार २०७४, आईतवार १८:५४
सदरलाइनडटकम   ४ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरको मेयर र उपमेयर र डुडुवा गाउपालिकामा प्रमुखमा दुई–दुई जनाले एउटै पार्टीबाट उम्मेदवारी दिएपछि फोरममा आधिकारिकताको प्रश्न उठेको छ । संघीय समाजबादी फोरम नेपालको चुनाव चिन्ह मशाल प्रयोग गर्ने गरी नेपालगन्ज उप–महानगरमा नयाँ शक्तिले मेयर र उपमेयरमा पार्टीकै नेतृले सुटुक्कै उम्मेदवारी दिए । यसैगरी […]

सम्बन्धित