सुपथ मूल्य पसल असोज १ देखि सञ्चालन गर्ने तयारी

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १३:४४
 

नेपालगञ्ज : सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाण्डौ, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउने छन् ।


खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनफलावर तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ छूट दिनेछ भने भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महत्व बढेको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु

२८ भाद्र २०७८, सोमबार १३:४४
काठमाण्डौ : पाकिस्तानमा चट्याङ लागेर १४ को मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा उक्त चट्याङका कारण उनीहरुको मृत्यु भएको हो । चट्याङ दुई आवासीय भवनमा परेको हो । उक्त अवासीय भवनमा दुई दाजु भाइको परिवार बस्ने गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनाबाट ३ […]