धम्बोझी चोकमा जीर्ण बनेको राष्ट्रिय झण्डा फेरियो

सदरलाइन संवाददाता १४ असार २०८०, बिहीबार १३:४०
 

नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी चोकमा जीर्ण अवस्थामा पुगेको राष्ट्रिय झण्डा फेरिएको छ । राष्ट्रिय झण्डा जीर्ण अवस्थामा पुगेपछि सामाजिक सञ्जाल फेसबुकमा समेत यस विषयमा चर्चा चलेको थियो ।

जनमत पार्टी नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष शुभम गुप्ता, उपाध्यक्ष राजु शेख, सचिव देवनन्द यादव लगायत पुगेर बिहीबार बिहान नयाँ झण्डा फेरेका हुन् । ‘सामाजिक सञ्जालमा झण्डा फेर्नुपर्ने कुरा उठेपछि हाम्रो टोली पुगेर नयाँ झण्डा फेरेको हो,’ अध्यक्ष गुप्ताले भने । झण्डा फेरिएपछि धम्बोझी चोक अहिले चिटिक्क देखिएको छ ।


उक्त ठाउँमा स्वर्गिय राजा बीरेन्द्रको शालिक हटाएपछि राष्ट्रिय झण्डा राख्ने गरिएको छ । स्वर्गिय राजा बीरेन्द्रको शालिक राख्न राप्रपा लगायत राजावादीहरुले पटक पटक प्रयास गरेपनि स्थानीय प्रशासनले रोक लगाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती आँखा अस्पतालमा कर्नियल फोटोग्राफी मेशिन

१४ असार २०८०, बिहीबार १३:४०
दाङ : राप्ती आँखा अस्पतालले आँखा सम्बन्धी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले कर्नियल फोटोग्राफी मेशिन खरिद गरेको छ । राप्ती अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा मेशिन खरिद गरिएको हो । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूको सुदृढीकरण (स्वास्थ्य साझेदारी) कार्यक्रमअन्तर्गत अस्पतालको सेवा सबलीकरणका लागि आर्थिक वर्ष […]