नेपालगन्ज र डुडुवामा संघीय समाजबादीबाट दुई–दुई उम्मेदवार, बैधानिकता बारे आ–आफ्नै दावी

४ असार २०७४, आईतवार १९:४८
 

सदरलाइनडटकम  
४ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरको मेयर र उपमेयर र डुडुवा गाउपालिकामा प्रमुखमा दुई–दुई जनाले एउटै पार्टीबाट उम्मेदवारी दिएपछि फोरममा आधिकारिकताको प्रश्न उठेको छ ।
संघीय समाजबादी फोरम नेपालको चुनाव चिन्ह मशाल प्रयोग गर्ने गरी नेपालगन्ज उप–महानगरमा नयाँ शक्तिले मेयर र उपमेयरमा पार्टीकै नेतृले सुटुक्कै उम्मेदवारी दिए । यसैगरी डुडुवामा सोही पार्टीकै आधिकारिक उम्मेदवारको ठाँउमा केन्द्रीय सदस्यले प्रमुखमा उम्मेदवारी दिएपछि पार्टी भित्र आधिकारिक को भन्ने प्रश्न उठेको छ ।
एउटै निर्वाचन चिन्ह प्रयोग गर्ने सहमतिमा निर्बाचनमा भागलिदै आएको संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच बाँकेमा विबाद देखिए पछि नयाँ शक्तिका तर्फबाट चुनाव चिन्ह मशाल प्रयोग गर्ने गरी नयाँ शक्तिले पहिला नै उम्मेदवारी दर्ता गराएको हो ।
नयाँशक्तिका जिल्ला संयोजक पिनु थापा मगरले फोनमा कुरा गर्दै संघीय समाजबादीसंग नेपागन्ज उप–महानगरमा उपमेयर र केही वडामा आफ्नो उम्मेदवार लडाउने भन्ने सहमति भएको तर संघीय समाजबादीका तर्फबाट सो कुरा अवज्ञा गरेपछि आफुहरुले ‘फस्टकम फस्ट’ दर्ताले चुनावचिन्ह मशाल पाउने भएकोले नयाँशक्तिले जगतकुमारी खड्कालाई मेयरको प्रत्यासी बनाएको छ ।
उपमेयरमा संघीय समाजबादी फोरमबाट विद्रोह गरी ममता बानियाले उम्मेदवारी दर्ता गराएकी छन् । फोरमले नेपालगन्जमा मेयरमा जिल्ला अध्यक्ष कमरुद्दिन राई र उपमेयरमा शोभा लखेरलाई उम्मेदवार बनाएको थियो ।
यसैगरी डुडुवा गाउपालिकामा विभिन्न तामझामका साथ उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका फोरम नेता विजयबहादुर यादव हिस्स पर्नु प¥यो निर्वाचन कार्यालयमा प्रमुखको लागि पार्टीको केन्द्रीय सदस्य जगदिशबहादुर सिंहले उम्मेदवारी दर्ता गराएर गएको जानकारी पाएपछि उनी हिस्स परेका हुन ।
फोरमको तर्फबाट नेपालगन्ज नगरका वडामा तथा अन्य ठाँउमा पनि धेरै उम्मेदवारले आधिकारिकलाई पछि पार्दै फर्जिपत्र तयार पारेर उम्मेदवारी दर्ता गराएको जानकारीमा आएको छ ।
यसैबीच संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य मो. इस्तियाक राईले नेपालगन्ज, नरैनापुर, जानकी र डुडुवामा संघिय समाजबादी र कोहलपुर, राप्ती सोनारी, बैजनाथ र खजुरामा नयाशक्तिले आफ्नो टिम उठाउने गरी सहमति भएको दावी गरे ।
उनले भने–‘ सहमति अनुसार भए उहाँहरुले उम्मेदवारी दिनुपर्ने हो मैले पनि अहिले मात्र सुने निर्वाचन आयोगले पनि निर्वाचन चिन्हको लागि आधिकारिकता हेर्ला । हाम्रो आधिकारिक उम्मेदवार कमरुद्दिन नै हुन ।’
यता पार्टीका जिल्ला प्रवक्ता सश्शुलहक राईले पार्टीको आधिकारिक उम्मेदवार डुडुवामा यादव नै भएको स्पष्ट पारे । यद्यपी सिंह भने सम्पर्क विहिन छन ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथ गाउपालिकामा एमाले–माओवादी केन्द्रबीच झडप

४ असार २०७४, आईतवार १९:४८
सदरलाइनडटकम  ४ असार, नेपालगन्ज : बाँकेको बैजनाथ गाउपालिकामा एमाले–माओवादी केन्द्रबीच झडप भएको छ । मनोनयन दर्ता गरेर बाहिर सडकमा कोणसभा गर्दै गरेको बेला सो झडप भएको एमाले बैजनाथ गाउपालिकाका सचिव प्रेम सुवेदीले जानकारी दिए । उनले भने–‘ मनोनयन दर्ता गरेर फर्केसंगै बाहिर सडकमा कोण सभा राखेका थियो स्थानीय तथा सोही […]