दोस्रोदिन पनि आन्दोलन जारी, एक प्रहरी नियन्त्रणमा

३१ जेष्ठ २०७४, बुधबार १९:३४
 

सदरलाइनडटकम
३१ जेठ, नेपालगन्ज : संविधान संशोधन विना स्थानीय निर्वाचनमा भाग नलिने अडानका साथ आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन बाँकेको जनजीवन प्रभावित भएको छ । राजपा नेता तथा कार्यकर्ताहरु विपिचोक, धम्बोझी चोकलागायत विभिन्न चोकहरुमा प्रर्दशन गरेका छन् ।
आफुहरुको माग सम्बोधनमा संवेदनशील नभएको भन्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख दलका नेताविरुद्ध नाराबाजी समेत गरेका थिए ।
आमहडतालका कारण सबै सावरी साधन तथा बजार वन्द भए पनि परीक्षा चलिरहेको विद्यालयहरुमा सहमति अनुसार विद्यार्थी बोक्ने सवारी साधन चल्न दिइएको राजपा नेपालका केन्द्रीय सहमहामन्त्री पशुपति दयाल मिश्रले जानकारी दिए
यस्तै बन्दको अवज्ञा गरेको भन्दै राजपा नेपालका कार्यकर्ताले बुधबार नेपालगन्जमा मोटरसाइकलमा तोडफोड गरेका छन् । बन्दमा मोटरसाइकल चलाएको भन्दै आन्दोलनकारीले धम्बोझीचोकमा तोडफोड गरेका हुन् ।
मोटरसाइकलमा लाठी प्रहार गर्ने जयसपुरका मेराज अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दका क्रममा धम्बोझीको बीच सडकमा टेन्ट लगाउन खोज्ने आन्दोलनकारीलाई प्रहरीले रोकेको छ । सडकमा टेन्ट नलगाउन प्रहरीले चेतावनी दिएपछि आन्दोलनकारीले हटाएका थिए । बजार क्षेत्रमा बन्दको प्रभाव सामान्य रहेको छ । पसल, व्यवसाय सञ्चालनमा रहे पनि ग्राहकहरुको उपस्थिति न्यून रहेको व्यवसायीहरुले बताएका छन् ।
यसैबीच पहिलो दिन नेपाली काँग्रेसको मेयरका प्रत्यासीको प्रचार गाडिमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका राजपा नेता ललित रौनियार विरामी भई अस्पताल भर्ना भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार उनी मंगलबार राती विरामी भई उपचारको लागि भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । हाल उनी खतरा मुक्त रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिकलसेल पीडितका लागि थारु पत्रकार संघ बाँकेले गर्यो रक्तदान

३१ जेष्ठ २०७४, बुधबार १९:३४
सदरलाइनडटकम ३१ जेठ, नेपालगन्ज : थारु समुदायमा मात्र जनस्वस्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाबाट पीडित विरामीको उपचारमा हुने रगत अभावलाई मध्यनजर गर्दै थारु पत्रकार संघ बाँकेले बुधबार नेपालगन्जमा रक्तदान गरेको छ । १४ औं विश्व रक्तदाता दिवसको अवसर पारेर सिकलसेल एनिमियाका विरामीहरुका लागि क्षेत्रीय रक्त सन्चार केन्द्र नेपालगन्जमा बृहत रक्तदान […]

सम्बन्धित