लक्षितवर्गको बजेट समानुपातिक ढंगले बितरण

२२ चैत्र २०७४, बिहीबार १७:४५
 

सदरलाइनडटकम
२२ चैत, नेपालगन्ज :  खजुरा गाउँपालिकाले लक्षितवर्ग कार्यक्रमको बजेट समानुपातिक ढंगले वितरण गरेको जनाएको छ । ८ वटा वडा रहेको उक्त गाउँपालिकामा सबै वडामा एकरुपले लक्षित वर्गका लागि बजेट छुट्याइएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए । गाउँपालिकाले विनियोजन गरेको लक्षित वर्ग कार्यक्रमको बजेट कार्यान्वयनसमेत शुरु भएको छ । यसै क्रममा खजुरा गाउँपालिकाको सहयोगमा खजुरामा आजदेखि ३ महिने सिलाई कटाई तालिम संचालन गरिएको छ ।
वडा नंं. ३ मा कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सिलाई कटाई प्रशिक्षण शुरु गरिएको हो । लक्षित वर्गका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले तालिमबाट प्रतिफल र उपलब्धी हासिल हुनु पर्ने बताए । उनले हिजोका दिनमा गरिएका यस्ता खालका कार्यक्रमबाट उपलब्धी भयो भएन समीक्षा हुँदै आएको छ भन्दै अब लक्षित वर्गका नाममा संचालित कार्यक्रम परिणाममुखी हुनु पर्नेमा जोड दिए ।
१० जना प्रशिक्षार्थी रहेको उक्त तीन महिने प्रशिक्षणमा अस्मिता शर्माले सहभागीलाई सिलाईकटाईका विविध पक्षको बारेमा प्रशिक्षण दिनेछिन् । वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतमले सीपलाई पेशामा बदल्न आग्रह गरे । कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष करुणा कुँवरले महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको सहयोगमा सिलाईकटाई प्रशिक्षण राखिएको बताइन ।

Next Post

ठगिएको रकम फिर्ता गराइदिन माग

२२ चैत्र २०७४, बिहीबार १७:४५
सदरलाइनडटकम २२ चैत, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका ४ कारकाँदो बस्ने मिना सिजापति, सर्मिला भण्डारी र भारत घर भएका रन्जन टण्डनले ३ करोड बढि रकम ठगि गरि फरार रहेका छन् ।  नेपालगन्जमा रहेका आफन्त, साथीभाईहरुसंग ठगि गर्दै विभिन्न बाहानामा करोडौ रकम असुली गरि उनिहरु फरार रहेका छन् । आज नेपालगन्जमा पिडित […]

सम्बन्धित