कोरोनाबाट बाँकेमा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २८ जेष्ठ २०७८, शुक्रबार ११:२७
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा दुई र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना गरी तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका एकजना र दाङका एकजना रहेको जिल्ला कोडिभ व्यवस्थापन समितिले जनाएको छ । बाँके खजुरा गाउँपालिका–३ बाँकेका ८० वर्षीय पुरुषको बिहीवार राती भेरीमा मृत्यु भएको हो ।


यस्तै दाङ राजापुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको पनि भेरीमै मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–७ दाङकी ४२ वर्षीया महिलाको भने कोहलपुरमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट ३०६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३३० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आयुर्वेद चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

२८ जेष्ठ २०७८, शुक्रबार ११:२७
नेपालगञ्ज : कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएकोप्रति नेपाल आयुर्वेद चिकित्सक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघले शुक्रबार विज्ञप्ती जारी गरि दोषीलाई पक्राउ गरेर कानुनी कारवाही नभए सडक आन्दोलनको चेतावनी समेत दिएको छ । प्रदेश आयुर्वेद औषधालयमा संचालिन आइसोलेसनमा कार्यरत कार्यालय प्रमुख […]