भटमास खेती तर्फ आकर्षित हुँदै बर्दियाका किसान

यदुराज मिश्र २६ भाद्र २०७९, आईतवार १३:३४
 

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिकामा खेतीयोग्य जमिनमध्ये करिव ४० प्रतिशत जमिनमा भटमास खेती शुरु भएको छ । धान र मकै खेतीबाट लगानी अनुसारको प्रतिफल नहुने भएपछि किसानहरु भटमास खेती तर्फ आकर्षित भएका हुन् ।

कम मेहनत र थोरै लगानीमा भने अनुसारको प्रतिफल मिल्ने भएपछि किसानहरुले भटमास खेतीको क्षेत्रफल बढाएका हुन् । कोषेबाली अनुसन्धान केन्द्र खजुरा बाँकेको सहयोगमा किसानहरुले भटमास खेतीलाई अगाडि बढाएको बताएका छन् ।

त्यसका लागि केन्द्रले किसानलाई वीउविजन उपलब्ध गराउने गरेको कोषेबाली अनुसन्धान केन्द्र खजुरा बाँकेका प्रमुख राजेन्द्र दराइले बताउनुभयो । किसानले यसअघि ती खेतमा मकै, गहुँ, धानलगायतका बाली लगाउने गरेका थिए । मेहनत र लगानी अनुसारको प्रतिफल भने नपाउने गरेको किसानहरुले गुनासो सुनाउने गरेका थिए ।


धान, मकै र गहुँ खेती भन्दा भटमासले आम्दानी राम्रो दिएको र मेहनत पनि कम गर्नु परेको किसान रामचन्द्र यादवले बताए । कतिपय किसानले भारतबाट वीउ ल्याएर पनि भटमास खेती गरेका छन् ।

तर पहिलो वर्ष भएकाले उत्पादन के कस्तो हुन्छ भन्नेमा भने रामलाल यादव अन्यौलमा छन् । गुलरिया नगरपालिकाका करिव ९० प्रतिशत किसानले भटमास खेती गरेका छन् । सुरुवाती चरणमा भने उनीहरुलाई उचित परामर्शको खाँचो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए

२६ भाद्र २०७९, आईतवार १३:३४
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ । बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गएपनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए । शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु […]