पत्रकार नेपाली माथि सशस्त्र प्रहरीद्वारा दुव्र्यबहारको आरोप

१० चैत्र २०७३, बिहीबार २०:००
 

सदरलाइनडटकम                                                            यस्तो छ नेपाल पत्रकार महासंघ बाँकेको विज्ञप्ती 
१० चैत, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य कमला नेपाली भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ आउने क्रममा दुव्र्यबहारमा परेकी छन् । पीडित पत्रकार नेपालीका अनुसार उनी माथि सशस्त्र प्रहरी बलका ड्युटीमा खटिएका प्रहरीहरुद्वारा हातपात समेत गरिएको छ ।
नेपालगन्जको रेडियो रुबरु एफएमको समाचार डेस्कमा कार्यरत पत्रकार नेपालीले आफ्नो परिचय दिदादिदै पनि सशस्त्र प्रहरीले एक्कासी कुटपीटमा उत्रिएएको पीडितले जानकारी गराएकी छन् ।
सो घटनाको नेपाल पत्रकार महासंघ बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ बाँकेका सचिव तिलक गाउलेद्वारा जारी विज्ञप्तीमा ‘आफु पत्रकार भएको जानकारी गराउँदा गराउँदै पनि पत्रकारले के गर्न सक्छन् भन्ने धम्कीपूर्ण भाषा प्रयोग गर्दै गरिएको हातपातको नेपाल पत्रकार महासंघ बाँके घोर निन्दा तथा भत्र्सना गर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार भएको जानकारी गराउँदा गराउँदै प्रहरीको मर्यादा विपरित सार्वजनिक स्थलमा खानतलासी, दुव्र्यवहार तथा हातपात गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर छ विज्ञप्तीमा भनिएको छ ।
महासंघले पत्रकार कमला नेपालीमाथि हातपात तथा दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीमाथि कारबाही तथा पीडितलाई न्यायका लागि जोडदार माग गर्नुको साथै प्रेस स्वतन्त्रताको सम्मान तथा निर्वाधरुपमा पत्रकारिता गर्ने वातावरण बनाइदिन लागि स्थानीय प्रशासन समक्ष आग्रह गर्दै घटनाका विषयमा गम्भीर हुन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।
यसैबीच भंसार सुरक्षाको लागि खटेको सशस्त्र प्रहरी गुल्मका निमित्त प्रमुख सशस्त्र प्रहरी निरिक्षक देवबहादुर थापाले पीडित पत्रकार नेपाली माथि हातपात नभएको दाबी गर्दै भने–‘ घटनाको लगत्तै मैले डिउटीमा रहेको महिला सशस्त्र प्रहरीसंग बुझे साथै भन्सार कार्यालयको यात्रु शाखामा राखिएको सिसिटिभि फुटेज समेत हेरे त्यसबाट पनि उनीमाथि कुटपिट भएको देखिदैन । अनावश्यक आरोप मात्र लगाईएको छ ।’ उनले घटनाको बारेमा सत्यतत्थ्य बुझेर मात्र सञ्चार माध्याममा ल्याईदिनको लागि समेत आग्रह गरे ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व निर्वाचन प्रमुख आयुक्त उप्रेतीको सुझाव, निर्वाचनको वातावरण बनाउन दलहरु सिंहदबार होईन गाउँ जाउ

१० चैत्र २०७३, बिहीबार २०:००
सदरलाइनडटकम   ११ चैत, काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन व्यवस्थान ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको निर्वाचनका चूनौतिहरु विषयक साक्षात्कारमा बोल्दै पूर्व प्रमुख आयुक्त उप्रेतीले निर्वाचन सम्पन्न भएलगत्तै […]