आठौं राष्ट्रिय खेलकुदलाई दृष्टिगत गर्दै नेपालगञ्जमा सरसफाई

९ चैत्र २०७५, शनिबार १८:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई दृष्टिगत गर्दै शनिवार नेपालगञ्जको विभिन्न स्थानमा सरसफाई गरिएको छ । आइटिएफ तेक्वान्डो संघ, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, ग्रिन नेपालगञ्ज, क्लिन नेपालगञ्जका अभियन्ता, उद्योगी, व्यापारीले नगरका विभिन्न स्थानको सफाई गरेका हुन् ।
प्रतियोगितालाई सहयोग पुर्याउन अवदेखि हरेक साताको शनिवार नगरका विभिन्न सडक र स्थानको सफाई गरिने ग्रिन नेपालगञ्ज, क्लिन नेपालगञ्जका सदस्य हेमन्तराज काफ्लेले बताए । आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउने दायित्व सवैको भएको बताउँदै उनले प्रतियोगितालाई भब्य बनाउन सफाई अभियान शुरु गरेको बताए ।
नेपालगञ्जको फोहर ब्यवस्थापनमा सघाउन उद्योगी, ब्यापारी, सर्वसाधारणलाई आग्रह गर्दै उनले आफूले उत्पादन गरेका फोहर आफैले ब्यवस्थापन गर्नुपर्ने जिकिर गरे । ग्रिन नेपालगञ्ज, क्लिन नेपालगञ्जका अध्यक्ष विनोद कर्णले नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई भब्य र सभ्य बनाउन सफाई आवश्यक भएको बताए ।

Next Post

एसइई परीक्षा आजदेखि शुरु

९ चैत्र २०७५, शनिबार १८:२६
सदरलाइनडटकम,   नेपालगञ्ज : आईतवारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पहिलो दिनको परीक्षा बाँकेमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षाको लागि बाँकेमा ३३ वटा केन्द्र तोकिएको छ । जसमध्ये ५ परीक्षा केन्द्रमा महिला शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । बाँकेका ८ स्थानीय तहबाट ८ हजार १ सय […]