२०८३ कात्तिक १६ , आइतबार
Sadarline
२०८३ कात्तिक १६ , आइतबार

बाँकेमा बन्दको असर छिटफुट मात्र



सदरलाइनडटकम 
३० बैशाख नेपालगन्ज  : विप्लव माओवादीले आव्हान गरेको बन्दको प्रभाव बाँकेमा छिटफुट मात्र देखिएको छ । बन्दका कारण नेपालगन्जबाट छुट्ने लामो दुरीका सवारीका साधन नेपालगन्ज बसपार्कबाट नछुटेको तर नगरमा चल्ने स–साना सवारीका साधनहरु स्वस्फूर्त सञ्चालनमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका  सह प्रवक्ता  तथा  मुद्दा  फँट  ईञ्चार्ज  प्रहरी  निरिक्षक  बिर  बहादुर थापाले बन्दको कारण बाँकेमा कुनै अपृय घटना नभएको बताए । उनले विभिन्न समतिबाट सञ्चालनमा रहेका सार्वजनिक सवारीका साधनहरु नेपालगन्जबाट बाहिर नछुटेको बताए ।  बन्दको कारण नेपालगन्ज लगायतको विभिन्न स्थानहरुमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेनुको साथै सुरक्षा व्यवस्था कडा पारीएको छ ।

प्रकाशित मिति : २०७४ वैशाख ३० गते शनिबार
ताजा समाचार