एमाले निकट बुद्धिजिवी परिषदको क्षेत्रीय अध्यक्ष बने रिजाल

१५ जेष्ठ २०७४, सोमबार २१:१०
 

सदरलाइनडटकम   
१५ जेठ, नेपालगन्ज : एमाले निकट नेपाल बुद्धिजिवि परिषद बाँकेले सोमबार क्षेत्रीय कमिटी विस्तार गरेको छ । बाँके निर्वाचन क्षेत्र न. १ को कोहलपुरमा भएको क्षेत्रीय भेलाले पुष्कर रिजालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।
पार्टीका बुद्धिजिवि फाँटका ईञ्चार्ज तथा एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिल्ली विसि र परिषदका केन्द्रीय सदस्य कृष्णकुमार लम्सालको उपस्थितिमा भएको सो भेलाले प्रकाह मरासिनीलाई उपाध्यक्ष। केशवराज रिजाल सचिव, प्रमोद सुवेदी सह–सचिव र सञ्जु न्यौपानेलाई कोषध्यक्ष चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा भिमप्रासाद शर्मा, निमप्रकाश थापा, अनुप शाही, सुष्मा थापामगर, यज्ञप्रसाद शर्मा, सिर्जना रावल र रविन्द्र सुवेदी रहेका छन् । पार्टीले स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार लुटवहादुर रावत लगायतले सो भेलालाई सम्बोधन गरेको जिल्ला अध्यक्ष भुवनेश्वर लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घाइते खडकालाई कठामाण्डौ लगियो, कोपाईलटको अवस्था गम्भीर

१५ जेष्ठ २०७४, सोमबार २१:१०
सदरलाइनडटकम        १६ जेठ नेपालगन्ज : बाजुराको कोल्टी विमानस्थलमा मंगलबार दिउसो नेपाली सेनाको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएकी विमानकी सहचालिका अनिता आलेमगरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसियुमा उपचार भई रहेको छ । सो घटनामा एक जनाको मृत्यु हुनुको साथै दुई जना गम्भीर घाइते भएको घटनामा साविक भोजपुर छिनाम […]