अन्तर लियो फुटसल टुनामेन्ट–१ सम्पन्न

सदरलाइन संवाददाता २१ श्रावण २०७९, शनिबार २३:२१
 

नेपालगञ्ज : लियो क्लव अफ नेपालगञ्ज ईनोभेटिभको आयोजनामा अन्तर लियो फुटसल टुनामेन्ट–१ को व्वायजतर्फ लियो क्लव अफ नेपालगञ्ज खजुरा र गल्र्स तर्फ लियो क्लव अफ नेपालगञ्ज सेन्ट्रलले उपाधि हात पारेको छ ।


यसै गरी व्वायज तर्फ लियो क्लव अफ नेपालगञ्ज सिद्धिविनायक द्वितिय, गल्र्सतर्फ लियो क्लव अफ नेपालगञ्ज ईनोभेटिभ द्वितिय भए । शनिबार सम्पन्न सो प्रतियोगितामा व्वायज तर्फ ७ टिम र गल्र्सतर्फ ४ वटा टिमले सहभागिता जनाएका थिए ।

फुटसलमा विजय हुने दुबैटिमलाई नगद ६ हजार पुरस्कार रहेको थियो भने उपविजेतालाई मेडलमात्र उपलब्ध गराईएको थियो । निशुल्क स्वास्थ्य शिविर आयोजना गर्नको लागि आयोजना गरिएको फुटसलको प्रमुख लयान्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ एन का डिष्टिक गर्भनर सिवि चन्द, प्रथम भाईस डिष्टिक गर्भनर मुकुट ढकाल, लगायतका लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी परिसरमा चिल्ड्रेन पार्कको निर्माण शुरु

२१ श्रावण २०७९, शनिबार २३:२१
नेपालगञ्ज : बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण शुरु भएको छ । करिब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपैयाँमा […]