कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ८ आश्विन २०७८, शुक्रबार १२:५५
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा घोराही उपमहानगरपालिका–१० दाङ र अछामका एकएक जना पुरुषको मृत्यु भएको हो ।

भदौ १९ गते कोराना भाइरस संक्रमण पुष्टि भएका दाङका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बिहीवार राती साढे ११ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।


यस्तै भदौ ३० गते कोरोना पुष्टि भई असोज २ गते भेरी अस्पतलमा भर्ना भएका अछामका २६ वर्षीय युवकाको शुक्रवार बिहान १० बजे मृत्यु भएको ओलीले बताए । योसँगै कोरोना संक्रमणबाट बाँकेमा ३३३ जनाको मृत्यु भएको छ भने उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेमा आएका ४१७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार २७ जनामा कोरोना पुष्टि

८ आश्विन २०७८, शुक्रबार १२:५५
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७९ नुमना परीक्षण गर्दा २४, मेडिकल कलेज कोहलपुरमा ३९ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा ११ नमुना परीक्षण […]