जानकीमा शिविरमार्फत अपांगता परिचयपत्र वितरण

सदरलाइन संवाददाता २८ माघ २०८०, आईतवार १५:३०
 

जानकी (बाँके) : जानकी गाउँपालिकाले अपांगता परिचयपत्र वितरण गरिरहेको छ । वडा–वडामा घुम्ती शिविरको आयोजना गरेर अपांगता परिचयपत्र वितरण भइरहेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले वडा नम्बर १, २ र ३ मा अपांगता परिचयपत्र वितरण गरिसकेको शाखा प्रमुख कल्पना गाहाले जानकारी दिइन् । वडा नम्बर १ देखि ६ सम्म माघ २६ देखि फाल्गुन ३ सम्म घुम्ती शिविरमार्फत अपांगता परिचयपत्र वितरण गर्ने गरी काम भइरहेको गाहाले बताइन् ।


पूर्ण अशक्तलाई रातो, अति अशक्त निलो, मध्यम पहेँलो र सामान्यलाई सेतो परिचयपत्र दिइन्छ । वडा नम्बर ३ मा भएको घुम्ती शिविरमा वडा अध्यक्ष राजकुमार कुर्मी, वडा सदस्य हुसेनी अहिर, जानकी गाउँपालिका अपांगता संजालका सल्लाहकार रामानन्द तमोली लगायतले परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतियोगिताको अनुशासन उल्लघंन गरेकोले जिभिएनलाई

२८ माघ २०८०, आईतवार १५:३०
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको दौरान अनुशासन उल्लघंन गरेको भन्दैं जिभिएन स्कुललाई दुई वर्षको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संघको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरितको क्रियाकलाप गरेको भन्दैं दुई वर्ष र […]